close

हतुवागढी गाउँपालिकाकी उपाध्यक्ष राईको निधन

हतुवागढी गाउँपालिकाकी उपाध्यक्ष राईको निधन

Trulli
ADVERTISEMENT


भोजपुर - भोजपुरको हतुवागढी गाउँपालिकाकी उपाध्यक्ष चन्द्रमा राईको शनिबार बिहान निधन भएको छ ।  उपाध्यक्ष राईको विराटनगरस्थित न्यूरो अस्पतालमा उपचारको क्रममा निधन भएको गाउँपालिकाका  अध्यक्ष प्रेमकुमार राईले पालिका खबरलाई जानकारी दिनुभयो । 


केही दिनअघिबाट सामान्य ज्वरो आएर बिरामी परेकी राईलाई घोडेटारस्थित प्राथमिक स्वास्थ्य केन्द्रमा उपचार गर्दा जण्डिस समेत देखिएको थियो । 


उपचारको क्रममा राईको स्वास्थ्यमा सुधार आएपछि डिस्चार्ज गरिएपनि अचानक रक्तचाप कम भएको र खाना नरुच्ने समस्या देखिएपछि थप उपचारका लागि धरान पठाईएको थियो ।  


राई तत्कालीन नेकपा एमालेबाट गाउँपालिका उपाध्यक्षमा निर्वाचित भएकी थिईन । उपाध्यक्ष राईको निधनप्रति गाउँपालिकाले दुःख जनाएको छ ।