close

तुलसीपुरमा मेयरसहित २१ जनामा कोरोना : पालिका कार्यालय शिल गर्ने तयारी

तुलसीपुरमा मेयरसहित २१ जनामा कोरोना : पालिका कार्यालय शिल गर्ने तयारी

Trulli
ADVERTISEMENT

दाङ - तुलसीपुर उपमहानगरपालिकाका मेयरसहित २१ जनामा कोरोना संक्रमण देखिएको छ ।

 

राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गरिएको स्वाब परिक्षणनमा नगरप्रमुख घनश्याम पाण्डे, अन्य २० जनामा कोरोना संक्रमण देखिएको हो ।कोरोनाको लक्षण देखिएपछि स्वाब परिक्षण गर्दा संक्रमण देखिएको हो । 

 

थप संक्रमण हुनेमा नगरप्रमुखका स्वकिय सचिव, वडा नम्बर २ का २ जना, ५ र ६ का २÷२ जना, वडा नम्बर ७ का ३ जना र ८ का ४ जना रहेका छन् ।  त्यसैगरी वडा नम्बर ९ का १ जना, वडा नम्बर १२ का ६ जना र १५ का एक जना रहेका छन् ।

 

संक्रमित हुने २२ वर्षदेखि ७४ वर्षसम्मका रहेको कोरोना फोकल पर्सन बिमल केसीले जानकारी दिए । नगरप्रमुखमा कोरोना देखिएपछि पालिकाको कार्यालय शिल गर्ने तयारीकासाथ आकस्मिक बैठक बसिरहेको छ ।