close

तुलसीपुर-१३ का वडा अध्यक्ष न्यौपानेको निधन 

तुलसीपुर-१३ का वडा अध्यक्ष न्यौपानेको निधन 

Trulli
ADVERTISEMENT

दाङ - दाङको तुलसीपुर उपमहानगरपालिका वडा १३ का वडाध्यक्ष डम्मरबहादुर न्यौपानेको निधन भएको छ । 

 

६५ बर्षीय न्यौपानेको शुक्रवार विहान साढे ९ बजेतिर राप्ती प्रादेशिक अस्पताल तुलसीपुर ल्याउँदै गर्दा बाटोमै मृत्यु भएको पारिवारिक स्रोतले जनाएको छ । 

 

निमाेनिया भएको आशंकामा उनलाई परिवारका सदस्यले गाडीमा राखेर तुलसीपुरस्थित राप्ती प्रादेशकि अस्पताल ल्याउँदै गर्दा उनका बाटोमै मृत्यु भएको छोरा पोषण न्यौपानेले जानकारी दिए ।  

 

छोरा पोषणका अनुसार उनलाई विगत केही दिनदेखि सामान्ने खोकी लागेको भएपनि अन्य कुनै समस्या थिएन । सामान्ने खोकी देखिएपछि तीन चार दिन अगाडि तुलसीपुरस्थित सिटी हस्पिटलबाट उपचार पछि घर गएका थिए । 

 

स्थानीयकाबीच निकै लोकप्रिय वडाध्यक्ष न्यौपाने स्थानीय निर्वाचनमा नेपाली काँग्रेसवाट अत्यधिक मतसहित निर्वाचित भएका थिए ।