close

म्याङलुङका मनकारी मेयर !

म्याङलुङका मनकारी मेयर !

Trulli
ADVERTISEMENT

तेह्रथुम- तेह्रथुमको म्याङलुङ नगरपालिकाका नगरप्रमुख सञ्जय कुमार तुम्बाहाम्फेले प्रयोग गर्ने  गाडि एम्बुलेन्शको रुपमा प्रयोग गर्नु दिएका छन् । मेयर तुम्बाहाम्फे शुक्रबार आफ्नै निवासमा पत्रकारहरु संग कुरा गर्दै कोरोनाबाट नगरबासिलाई सुरक्षित राख्न कुनै कसर बाँकी नराख्ने बताएका हुन् ।

 

आजैदेखि पुनः ७ दिनका लागि थपिएको निषेधाज्ञासँगै सदरमुकाम लगायत नगर क्षेत्रका अन्य स्थानमा लाग्ने हाट बजारमा अत्यवश्याक वस्तु तथा सेवा, खाद्यन्न, औषधि पसल, तरकारी, फलफुल, माछामासु, दुग्ध डेरी बाहेक अन्य सम्पुर्ण वस्तु तथा सेवाका पसलहरु बन्द गरीएको छ । साथै, अत्यावश्यक कामबाहेक घरबाहिर ननिस्कन र निस्कनै पर्ने भएमा माक्स लगाएर मात्र निस्कने, अनावश्याक भिडभाड नगर्ने साथै घरमा बस्दा समेत श्वास्थ्य सम्बन्धी मापदण्डको पुर्ण रुपमा पालना गर्न समेत नगरले आग्रह गरेको छ ।

 

अहिले सिँहवाहिनी माविमा २० बेडको क्वारेन्टाईन तयारी अवस्थामा रहेको र संक्रमितको अवस्था हेरी क्वारेन्टाईन थप्दै जाने मेयर तुम्बाहाम्फेले बताए । साथै निमार्णधिन मध्यपहाडि लोकमार्ग अन्तर्गत म्याङलुङ जिरीखिम्ती सडक खण्डमा वर्षातका कारण सवारी आवागमनमा कठिनाई भएकाले सम्बन्धीत ठेकेदारसँग समन्वय गरी सवारी आवागमनलाई सहज बनाउँने निर्णय गरीएको समेत नगर प्रमुख  तुम्बाहाम्फे बताए  ।

 

म्याङलुङ नगरपालिका भित्र रहेका नगरबासिमा कुनै जटिल खालको समस्य आएमा वा कुनै समस्य भएमा तुरुन्त सम्पर्क राख्नहुन समेत सम्पुर्ण नगरवासिमा मेयर तुम्बाहाम्फेले आग्रह गरेका छन् ।