close

मनकारी नगरप्रमुख: अस्पताललाई दिए ५ लाख नगदसहित ३० थान सिलिन्डर

मनकारी नगरप्रमुख: अस्पताललाई दिए ५ लाख नगदसहित ३० थान सिलिन्डर

Trulli
ADVERTISEMENT

बागलुङ- बागलुङको ढोरपाटन नगरपालिकाका प्रमुख देवकुमार नेपालीले धौलागिरि अस्पताल बागलुङलाई अक्सिजन सिलिन्डर र ५ लाख रुपैयाँ नगद सहयोग गरेका छन् । कोभिड-१९ का बिरामीको उपचारमा सहयोग पुर्‍याउन नेपालीले अस्पताललाई सिलिन्डर र नगद दिएका हुन् । 

 

अस्पतालमा अक्सिजन अभाव हुन नदिन नेपालीले ३० थान अक्सिजन सिलिन्डर र ५ लाख रुपैयाँ व्यक्तिगत रूपमा सहयोग गरेका हुन् । धौलागिरि अस्पताल प्रशासनलाई नेपालीले अक्सिजन सिलिन्डर सहयोग गरेको व्यवस्थापन समितिले जनाएको छ । यसले बिरामीको उपचारमा थप टेवा पुर्‍याउने अस्पतालको विश्वास छ ।

 

अक्सिजन नपाएर कोही पनि जनताको मृत्यु हुन नपरोस् भन्ने उद्देश्यले ३० वटा अक्सिजन सिलिन्डर र नगद ५ लाख रुपैयाँ सहयोग गरेको नगरप्रमुख देवकुमार नेपालीले जानकारी दिए ।

 

अस्पतालको आफ्नै अक्सिजन प्लान्ट भए पनि अस्पताल भर्ना भएका धेरै बिरामीलाई सिलिन्डरमार्फत अक्सिजन दिनुपर्दा समस्या भइरहेको थियो ।


धौलागिरि अस्पताल बागलुङमा अहिले अक्सिजन सिलिन्डर १३० वटा पुगेका छन् । अहिले पोखराबाट हरेक दिन अक्सिजन रिफिल गरेर ल्याई बिरामीलाई अक्सिजन दिन थालिएको छ ।


बागलुङको धौलागिरि अस्पताल र ३ वटा निजी अस्पतालमा दैनिक १४० वटा अक्सिजन सिलिन्डर खपत हुने गर्छ ।