close

धनगढी उपमहानगरपालिकाका एक वडाध्यक्ष प्रहरीको नियन्त्रणमा

धनगढी उपमहानगरपालिकाका एक वडाध्यक्ष प्रहरीको नियन्त्रणमा

Trulli
ADVERTISEMENT

धनगढी । धनगढी उपमहानगरपालिकाका एक वडाध्यक्षलाई प्रहरीले नियन्त्रणमा लिएको छ । 

उपमहानगरपालिकाको वडानम्बर १२ का वडाध्यक्ष शेरबहादुर महरालाई प्रहरीले नियन्त्रणमा लिएको हो ।

चेक अनादर मुद्दामा कैलाली जिल्ला अदालतले महरालाई अदालतमा उपस्थित गराउन भनेपछि नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी निरीक्षक खगेन्द्र साउदले जानकारी दिए । 

वडाध्यक्ष महरालाई अदालतमा उपस्थित गराउन प्रहरीलाई पत्र पठाइएको साउदले बताए । कृष्णकुमार राना वादीले वडाध्यक्ष महराविरुद्ध मुद्दा दायर गरेका थिए ।

पछिल्लो समय स्थानीय जनप्रतिनिधि नै अवैध कार्यमा संलग्न हुने गरेका कारण उनीहरूप्रति जनताको विश्वास घट्दै गएको छ  भने उनीहरूका कारण रातदिन जनताको काममा खटिने इमानदार जनप्रतिनिधि बदनामित हुँदै गएका छन् ।