close

मेयर सम्मेलन: यस्तो छ आजको छलफलको विषय

मेयर सम्मेलन: यस्तो छ आजको छलफलको विषय

Trulli
ADVERTISEMENT

पोखरा । देशका ६ वटा महानगरपालिकाका प्रमुख, उपप्रमुख (मेयर, उपमेयर) तथा प्रशासकीय अधिकृतहरु मेयर सम्मेलनमा सहभागी हुन पोखरा आएका छन् । शुक्रबारदेखि सम्मेलन सुरु भएको हो ।

महानगरपालिकाको विकास योजना, बजेट, अनुभव तथा कामका बारेमा अनुभव आदान प्रदान गर्नका लागि सम्मेलन आयोजना गरिएको हो । उनीहरुले पोखरामा जारी राष्ट्रिय लोक दोहोरीगीत प्रतियोगितामा पनि सहभागिता जनाए ।

सम्मेलनमा काठमाडौंका मेयर बालेन शाह र उपमेयर सुनिता डंगोल, लतितपुरका मेयर चिरिबाबु महर्जन र उपमेयर मञ्जली शाक्य, बिराटनगरका मेयर कोइराला नागेश कोइराला, भरतपुरका मेयर रेनु दाहाल र उपमेयर चित्रसेन अधिकारी तथा वीरगञ्जका उपमेयर इम्तियाज आलम पोखरा आइपुगेका हुन् । उनीहरुलाई पोखराका मेयर धनराज आचार्य र उपमेयर मञ्जुदेखी गुरुङले स्वागत गरेका थिए । मेयर सम्मेलनमा संचारकर्मीलाई भने प्रवेश दिइएको छैन । 

मेयर धनराज आचार्यले सम्मेलनले ६ महानगरको एक आपसमा सहयोग लिन सजिलो हुन्ने बताए । उन्नले लामो समय छलफल गरेर 'महानगर मेयर सम्मेलन' नाम दिएको बताए ।

‘एकै ठाउँमा बसेर हामीले अनुभव गरेका कुराहरु सुनाऔं, सुनौँं र केही समस्याहरु छन् त्यसको अनुभुति पनि गरेका छौँ । त्यसलाई सम्बन्धित निकायसम्म यस्तो लागेको छ यसका बारेमा सहजीकरण गरियोस् भनेर भन्ने हिसाबले एउटा भेटघाट गरौं भनेर यो आयोजना गरिएको हो’, उनले भने,‘एक आपसमा गरेका कामहरुलाई सेयर गर्ने र महानगरको विकासमा सहयोग मिल्नेछ ।’

सम्मेलनमा संघीयता र यससँग सम्बन्धित विषयमा आजसम्म भएका अभ्यास, समस्या र अबको योजनाको विषयमा छलफल हुनेछ । यस्तै महानगरका मेयर तथा उपमेयरहरुले आफ्ना अनुभव, सिकाइ र भोगाइको बारेमा पनि सम्मेलनमा छलफल हुनेछ सम्मेलन सकिएलगत्तै पोखरा घोषणापत्र सार्वजानिक हुने मेयर आचार्यले जानकारी दिए ।

सम्मेलनको पहिलो दिन राष्ट्रिय योजना आयोगका पूर्व उपाध्ध्यक्ष एंव क्षेत्रिय योजनाकार डा.जगदिशचन्द्र पोखरेलले संघीयता, महानगर र अवको बाटो शीर्षकमा मुख्य प्रस्तुती राखे ।

सम्मेलनको दोस्रो दिन आज (शनिबार) भने पुर्वाधार विज्ञ डा.सुर्यराज आचार्यद्धारा महानगरपालिकामा पूर्वाधार विकास तथा सुशासन, सुदृढ परियोजनाका डा.अजयचन्द्र लाल र सरोज बस्नेतद्धारा महानगरपालिकामा हरित, उत्थानशील तथा विकास अपरिहार्यता सम्भावना र चुनौतीहरु, महानगरपालिकाका प्रमुखहरुद्धारा महानगरपालिकाका साझा सवाल तथा आगामी कार्यदिशा विषयमा प्यानल छलफल हुनेछ ।