close

बिहानै बानेश्वर पुगे मेयर बालेन

बिहानै बानेश्वर पुगे मेयर बालेन

Trulli
ADVERTISEMENT

काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साह (बालेन)ले नयाँबानेश्वर क्षेत्रको फुटपाथ अवलोकन गरेका छन् ।

स्थानीय घरधनी र व्यापारीको सहयोगमा आज बिहान मेयर साहले फुटपाथको अवस्थाबारे अवलोकन गरेका हुन् ।

यसअघि फुटपाथमा गरिएका पसल हटाएका उनले आज त्यसको प्रगतिबारे जानकारी लिएका हुन् ।

मेयर साहले अन्डरग्राउण्ड पार्किङमा सटर राखेर खोलिएका पसल समेत हटाउन निर्देशन दिएका छन् ।

नयाँ बानेश्वर क्षेत्रमा करिब २२ वटा भवनमा अन्डरग्राउण्ड पार्किङको नक्सा पास गरेर संरचना बनाइएको छ ।

यसअघि काठमाडौं महानगरपालिकाले सूचना नै निकालेर अन्डरग्राउण्ड पार्किङलाई अन्य प्रयोजनका लागि प्रयोग नगर्न आग्रह गरेको थियो ।