close

मेयर साम्पाङको कार्यकक्ष तोडफोड गर्नेहरू फरार, खोजी कार्य भइरहेको प्रहरीको भनाइ

मेयर साम्पाङको कार्यकक्ष तोडफोड गर्नेहरू फरार, खोजी कार्य भइरहेको प्रहरीको भनाइ

Trulli
ADVERTISEMENT

काठमाडौं । धरान उपमहानगरका मेयर हर्क सम्पाङले आफ्नो कार्यकक्ष तोडफोड गर्नेविरुद्ध उजुरी दिएका छन् । 

आइतबार मेयर साम्पाङको कार्यकक्षमा तोडफोड भएपछि मेयर साम्पाङले सोमबार प्रहरी कार्यालय धरानमा उजुरी दिएको मेयरको सचिवालयले जानकारी दिएको छ । 

सचिवालयका अनुसार मेयरको कार्यकक्षको झ्यालको सिसा फुट्नुका साथै, ल्यापटप तोडफोड भएको छ । 

तर, धरान उपमहानगरका प्रवक्ता सूर्यबहादुर (मनोज) भट्टराईले मेयरको कार्यकक्षमा १५ गते तोडफोड भएको सुनेको, तर आफू बाहिर रहेकाले यसबारे विस्तृत जानकार नरहेको बताए । 

यस्तै, इलाका प्रहरी कार्यालय धरानले मेयर साम्पाङले शान्तिविरुद्ध कसुरमा उजुरी दिएको जानकारी दिएको छ । 

उजुरी दिएसँगै कार्यालय तोडफड गर्नेहरु फरार भएको इलाका प्रहरी कार्यालय धरानले जनाएको छ । अहिले उनीहरूको खोजी भइरहेको इलाका प्रहरी कार्यालय धरानले जानकारी दिएको छ ।