close

‘प्रिय अनिता... अलबिदा’ भनेर स्टाटस लेखेका मुसीकोट-१ का वडाध्यक्ष मृत भेटिए

‘प्रिय अनिता... अलबिदा’ भनेर स्टाटस लेखेका मुसीकोट-१ का वडाध्यक्ष मृत भेटिए

Trulli
ADVERTISEMENT

गुल्मी - मुसिकोट नगरपालिकाका वडा नम्बर १ का वडा अध्यक्ष मृत फेला परेका छन् । शनिबार बिहान नगरपालिका १ का वडा अध्यक्ष मोहन घिमिरे मृत अवस्थामा फेला परेका हुन् । मुसिकोट नगरपालिका -१ पौदीअमराइका वडाध्यक्ष मोहन घिमिरे मृत अवस्थामा भेटिएका हुन् ।

 जिल्ला प्रहरी कार्यालय गुल्मीका अनुसार घिमिरे बिहान साढे सात बजे घरभन्दा करिब डेढ घण्टाको दूरीमा रहेको घन्टुङस्थित रुखमा झुन्डिएको अवस्थामा  घिमिरे फेला परेका हुन् । प्रहरी कार्यालयका अनुसार उनले बिहान करिब पाँच बजेको समयमा फेसबुक स्टाटस लेखेर अलबिदा उल्लेख  गरेका थिए । 

वडाअध्यक्ष घिमिरेले आफ्नो फेसबुकमा स्ट्याटुमा लेखेका थिए  ‘परिस्थितिको चपेटामा परेपछि बाँच्नुको अर्थ हुँदो रहेनछ । प्रीय अनिता, साथ निभाउन सकेन। मलाई माफ गरे । घर परिवार, साथिभाइ सुभचिन्तक सबैसँग माफी चाहान्छु। अल बिदा ।’ 

नेपाली काँग्रेसका नगर कमिटि अध्यक्षसमेत रहेका घिमिरे शुक्रबार अपराह्न घरबाट वडाको काममा निस्केका थिए  । तर उनी रातभर घर नफर्केको परिवारले जनाएको छ ।