close

जथाभावी फोहर फ्याँक्ने वडाध्यक्षलाई २ हजार जरिवाना

जथाभावी फोहर फ्याँक्ने वडाध्यक्षलाई २ हजार जरिवाना

Trulli
ADVERTISEMENT

पर्सा - सडकमा फोहर फ्याँक्ने वडाध्यक्षलाई वीरगन्ज महानगरपालिकाले जरिवाना तिराएको छ । जथाभावी फोहर फ्याँकेको भन्दै महानगरपालिकाको सरसफाइ शाखाले वीरगन्ज-६ का वडाध्यक्ष जयप्रकाश शाहलाई २ हजार रुपैयाँ जरिवाना तिराएको हो।

सरसफाइ शाखाका प्रमुख सरफुदिन मियाँले वडाध्यक्षले घरअगाडि कच्डा फोहोर फ्याँकेका कारण जरिवाना तिराएको बताए । 

यता वडाध्यक्ष शाहले भने आफूसँग राजनीतिक प्रतिशोध साँधिएको आराेप लगाएका छन् । शाहले सामाजिक सञ्जाल फेसबुकमा स्पष्टीकरण राख्दै घरमा राखिएको फोहर आफूले सफा गरे पनि महानगरपालिकाको नेतृत्व पक्षले राजनीतिक प्रतिशोध साँध्न घटनाको एक दिनपछि नगरप्रहरीले हुलहुज्जत गर्दै जबर्जस्ती जरिवाना तिराउन लगाएको बताए । 

महानगर क्षेत्रलाई सुन्दर, सफा र स्वच्छ सहर बनाउने उद्देश्यसहित महानगरपालिकाले गत पुसकाे दोस्रो सातादेखि सडक, पेटी, नाला वा खाली जग्गामा फोहर फाल्नेलाई जरिवाना गरी कारबाही गर्दै आएको छ।