close

उपप्रमुखले कर्मचारीमाथी हातपात गरेपछि मुसिकोटमा तालाबन्दी

उपप्रमुखले कर्मचारीमाथी हातपात गरेपछि मुसिकोटमा तालाबन्दी

Trulli
ADVERTISEMENT

रुकुम पश्चिम । मुसिकोट नगरपालिकामा तालाबन्दी गरिएको छ । शनिबार नगरपालिकाका उपप्रमुख विमल कुमार पुनले नगरका शिक्षा शाखाका निमित्त अधिकृत नरेन्द्र ओलीमाथि हातपात गरेपछि आइतबार त्यसको विरोधमा पालिकाको गेटमै ताला लगाइएको हो । 

मुसिकोट– १ स्थित रहेको त्रिभुवन जनता माध्यमिक विद्यालयमा करार शिक्षक पदपूर्तिको विषयलाई लिएर आफूमाथि हातपात भएको शाखाका निमित्त अधिकृत ओलीले बताए ।

विद्यालयले लेखा पदमा करार शिक्षकमा आवेदन माग गरेर शनिबार परिक्षा तोकेको थियो । सोही विषयलाई लिएर परिक्षा सञ्चालनको तयारी हुँदै गर्दा आफूलाई जानकारी नदिई परिक्षा गराउन लागेको भन्दै उपप्रमुखले हातपात गएको ओलीको भनाइ छ । 

पालिकामा कार्यरत कर्मचारीमाथि हातपात भएपछि कर्मचारीले गुटमा ताला लगाएर बन्द गराएका हुन् । आइतबार बिहान कर्मचारीहरुले आठ बुँदे माग सहित बन्द गराएको जनाइएको छ । आन्दोलित कर्मचारीहरुले तत्कालै कर्मचारीको बैठक बसाल्नुपर्ने, जनप्रतिनिधिले कर्मचारी माथि हस्तक्षेप गर्न नपाउने लगायतका मागहरु राखेर बिरोध जनाएका हुन् । 

बिरोधमा उत्रिएका कर्मचारीहरुले आफुहरुको आठ बुँदे माग पुरा नगरेसम्म आन्दोलन फिर्ता नलिने बताएका छन । प्रशासकीय अधिकृतले छलफल मार्फत माग सम्बोधन नगरेसम्म ताला नखोल्ने उनीहरुले बताएका छन् ।

पालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत बिना राम खड्काका अनुसार आन्दोलित कर्मचारी र नगरप्रमुख विच छलफल भैरहेको छ । यता उपप्रमुख पुनले भने आफूलाई नसोधी परिक्षा किन सञ्चालन गर्न लागेको मात्रै भनेको र हातपात नगरेको पत्रकार सम्मेलनमार्फत बताएका छन् । पुनले पालिकामा कर्मचारीले गरिरहेको बेथितिलाई रोक्ने प्रयास आफुले गरेको बताए ।

यस्तो छ कर्मचारीहरुको आठ बुँदे माग