close

स्थानीय तहको निर्वाचन भएको १७ महिनासम्म पनि गाउँपालिकाले जनप्रतिनिधि नचिनेपछि !

स्थानीय तहको निर्वाचन भएको १७ महिनासम्म पनि गाउँपालिकाले जनप्रतिनिधि नचिनेपछि !

Trulli
ADVERTISEMENT

सिरहा - स्थानीय तहको निर्वाचन सम्पन्न भएको डेढ दशक भइसक्दा पनि औरही गाउँपालिकाको जनप्रतिनिधिको नाम अझै अपडेट भएको छैन । गाउँपालिकाको वेबसाइटमा अध्यक्ष र उपाध्यक्षको नामबाहेक अन्य जनप्रतिनिधिको नामोनिसाना कतै भेटिँदैन । अध्यक्ष र उपाध्यक्षको पनि नामबाहेक अरु विवरण केही छैन । 

पालिकाखबरले समाचारको लागि जनप्रतिनिधिसँग कुरा गर्न खोज्दा पालिकाको वेबसाइटमा गाउँपालिका अध्यक्ष शिवजी यादव र उपाध्यक्ष रेणु यादवको नाम मात्रै भेटायौँ । तर दुबै जनाको सम्पर्क नम्बर भने राखिएको रहेनछ । 

गाउँपालिकाका वडाध्यक्ष तथा वडा सदस्यको नाम पनि वेभसाइटमा राखिएको छैन । वडा कार्यालयहरु लेखिएको साइटमा खाली छन् । सो साइटमा न त कुनै जनप्रतिनिधिको नाम छ न त वडा कार्यालयको परिचय नै । 

यस्तै गाउँपालिकाले करिब एक महिना अघिदेखि कुनै पनि सूचना जारी गरेको छैन । सन् २०२३ जुन १० गते बोलपत्र आव्हान गरेपछि कुनै अपडेट भएको छैन । योजना तथा परियोजना र आय व्यय विवरण पनि खाली छ । 

हालसम्म पालिकाको जनप्रतिनिधि र कार्यक्रमबारे कुनै अपडेट नहुनुबारे पालिकाखबरले गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत अर्जुनकुमार मण्डललाई सोधेको प्रश्नमा सबैको विवरण हुनुपर्ने दावी गरे । 

तर हामीले कुनै नभेटाएको जानकारी दिँदा उनले भने, ‘गाउँपालिकामा आइटी अफिसर नभएकाले सो समस्या आएको हो । अब चाडैँ राख्न लगाउने छु ।’