close

सिंहदबारभित्रै कटहरियाका मेयरमाथि हातपात

सिंहदबारभित्रै कटहरियाका मेयरमाथि हातपात

Trulli
ADVERTISEMENT

काठमाडौं- संघीय सरकारको मुटु सिंहदरबारमा रौतहटको कटहरिया नगरपालिकाका प्रमुख अजय प्रकाश र  कटहरिया नगरपालिकाका वडा ५ का स्थानीय दीपक कुमार दुबेबीच हात हालाहाल भएको छ । नगरपालिकाको प्रमुख प्रशासकीय अधिकृतको विषयलाई लिएर हात हालाहाःको अवस्था सृजना भयो । 

सामान्य प्रशासन मन्त्रालय कर्मचारी महाशाखाको सहसचिव सुमन दाहालसँगको छलफलमा नगर प्रमुख प्रकाशलले वरिष्ठ कर्मचारी छाडेर पाँचौं तहको कमर्चारीलाई निमित्त रुपमा निर्णय गराउन चाहेको र अन्य कार्यपालिका सदस्यले मेयरको प्रस्तावलाई अस्वीकार गरी नगरपलिकाको वरिष्ठ कर्मचारीलाई नै निमित्तको जिम्मेवारी दिनुपर्ने भन्ने विषयले विवादले हुँदा उनीहरुबीच हात हालाहालको अवस्था आएको बताइएको छ । 

कांग्रेसबाट निर्वाचित मेयर अजय प्रकाशले संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयबाट नगरपालिकामा कार्यरत पाँचौं तहका कबिर देवानलाई निमित्तको रुपमा लैजान चाहेका थिए । तर, दुबेले सोही पालिकामा अरु नै वरिष्ठ रहेको हुँदा देवानलाई निमित्त दिनुहुन्न भन्ने विषयमा अडान लिएपछि विवाद भएको थियो ।

दुबेले मेयरले ज्यान मार्ने प्रयास गरेको छ भने मेयरले दुबेले  हेलमेटले प्रहार गरेको  हुँदा प्रतिकारमात्र गरेको दाबी गरेका छन् ।