close

वालिङ नगरपालिका एसियाकै उत्कृष्ट

वालिङ नगरपालिका एसियाकै उत्कृष्ट

Trulli
ADVERTISEMENT

स्याङ्जा- फोहरलाई मोहरमा परिवर्तन गरी नगरपालिकाको आयमा टेवा पुर्‍याएको भन्दै स्याङ्जाको वालिङ नगरपालिकालाई उत्कृष्ट नगर घोषणा गरिएको छ । 

एसिया प्यासिफिक क्षेत्रका संयुक्त नगरहरूको स्थानीय सरकारहरूको समूह(युसिएलजी–एसियाप्यासिफिक)बाट वालिङ उत्कृष्ट नगरको रूपमा सम्मानित हुने भएको छ । 

एसियाप्यासिफिकले पाँच हजार डलर बराबरको ‘एसिया प्यासिफिक स्यानिटेशन एक्सिलेन्स अवार्ड २०२३’ बाट नगरपालिकालाई सम्मान घोषणा गरेको हाे ।अक्टोबर ६ मा युसिएलजी–एसिया प्यासिफिकका महासचिव डा बेर्नाडिया इरावती टीजन्द्रावतीले अवार्डबारे नगरपालिकालाई जानकारी दिएका थिए ।

दिसाजन्य लेदोको उत्कृष्ट प्रशोधन गरी मल र शुद्ध पानी बनाउने काम गरेको मुल्यांकन गरी युसिएलजी–एसियाप्यासिफिकले अवार्डबाट सम्मान गरेको नगरप्रमुख कृष्ण खाँणले पालिकाखबरलाई बताए । नगरप्रमुख  खाँणले  एसिया प्यासिफिक क्षेत्रका नगरपालिकाहरुमध्ये वालिङ उत्कृष्ट नगरपालिकाको रूपमा घोषित हुँदा खुशी भएको बताए । नगरप्रमुख खाँणले नगरपालिकाले नगरभित्र उत्सर्जन हुने विभिन्न प्रकृतिका फोहोर मैला सही व्यवस्थापन गरी फोहोरलाई मोहरमा रूपान्तरण गर्ने अभियानले सार्थकता पाएको उल्लेख गरे । 

पुरस्कार यही २०२३ नोभेम्बर १३–१५ मा चीनको यीवु सहरमा वितरण हुनेछ ।