close

सोलुखुम्बुको थुलुङ दूधकोशीले जाजरकोट भूकम्प पीडितलाई १० लाख सहयोग गर्ने

सोलुखुम्बुको थुलुङ दूधकोशीले जाजरकोट भूकम्प पीडितलाई १० लाख सहयोग गर्ने

Trulli
ADVERTISEMENT

सोलुखुम्बु- थुलुङ दूधकोशी गाउँपालिकाले जाजरकोट भूकम्प पीडितलाई राहत रकम उपलब्ध गराउने निर्णय गरेको छ । 

गाउँपालिका अध्यक्ष असिम राईको अध्यक्षतामा सोमबार बसेको कार्यपालिका बैठकले भूकम्प पीडितलाई जनप्रतिनिधि, कर्मचारी र शिक्षकको सेवा सुविधा कटौती गरी राहत प्रदान गर्ने निर्णय गरेको हो । 

गाउँपालिका अध्यक्ष, उपाअध्यक्ष, वडाध्यक्ष सहित कार्यपालिका सदस्यको १५ दिन बरारको सुविधाबापत प्राप्त हुने रकम प्रधानमन्त्री दैवी प्रकोप सहायता कोषमा जम्मा गर्ने निर्णय गरिएको निमित्त प्रमुख प्रशासकीय अधिकृत केडी कुलुङले पालिकाखबरलाई बताए । यस्तै गाउँपालिका अन्तरगतका प्रशासनिक कर्मचारीको दुई दिन, र गाउँपालिका अन्तरगत कार्यरत शिक्षक तथा कर्मचारीको १ दिन बराबरको परिश्रमिक जम्मा गर्ने निर्णय गरिएको गाउँपालिकाले जनाएको छ । 

गाउँपालिकामा १७ जना जनप्रतिनिधि, १०० जना कर्मचारी र ३५० भन्दा बढी शिक्षक तथा विद्यालय कर्मचाी कार्यरत छन् । सोमबारको निर्णयअनुसार सबैबाट रकम संकलन गर्दा १० लाखभन्दा बढी हुने गाउँपालिकाले जनाएको छ । कर्मचारी तथा जनप्रतिनिधिबाट उठाइएका सबै रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गरिनेछ । 

गत कातिक १७ गते जाजरकोटको रामीडाँडा केन्द्रविन्दु भएर गएको भूकम्प जाँदा १५३ जनाले ज्यान गुमाएका छन् ।