close

मण्डनदेउपुरमा १५ शय्याको अस्पतालको शिलान्यास

मण्डनदेउपुरमा १५ शय्याको अस्पतालको शिलान्यास

Trulli
ADVERTISEMENT

काभ्रे- मण्डनदेउपुर नगरपालिकामा १५ शय्याको अस्पताल भवनको शिलान्यास गरिएको छ । स्वास्थ्य मन्त्री मोहनबहादुर बस्नेतले अस्पताल भवनको आइतबार शिलान्यास गरेका हुन् । 

मण्डनदेउपुर नगरपालिका-७ नौबिसेमा बन्न लागेको अस्पतालको लागत २२ करोड रुपैयाँ छ । एक वर्षभित्र सकिने गरी निमार्णका लागि सम्झौता गरेर शिलान्यास गरिएको नगरपालिकाले जनाएको छ । 

यसअघि ५ शय्याको नगर अस्पताल भएको स्थानमा शय्या थप गरेर नगर अस्पताल निर्माण हुन लागेको हो । शिलान्यासपछि बोल्दै मन्त्री बस्नेतले अस्पतालाई आवश्यक पर्ने स्वास्थ्य सामग्री उपलब्ध गराउने बताए।