close

कागेश्वरी मनोहराको फोहर व्यवस्थापन गर्न नगरप्रमुख कार्कीको प्रतिबद्धता

कागेश्वरी मनोहराको फोहर व्यवस्थापन गर्न नगरप्रमुख कार्कीको प्रतिबद्धता

Trulli
ADVERTISEMENT

काठमाडौं - कागेश्वरी मनोहरा नगरपालिकाको नगरप्रमुख उपेन्द्र कार्कीले फोहर व्यवस्थापन गर्न प्रतिबद्धता जनाएका छन् । नगरप्रमुख कार्कीले सामाजिक सञ्जाल फेसबुकमार्फत प्रतिबद्धता जनाएका हुन् । 

फोहर व्यवस्थापनको लागि चीन भ्रमण गरेका उनले लेखेका छन्, 'शहरको विकासमा एकीकृत गर्न बागमती प्रदेशका मेयर फोरमसँगको सहकार्यमा नगरपालिकाले फोहोर व्यवस्थापनको समस्यालाई सम्बोधन गर्दै यी आविष्कारलाई काठमाडौं उपत्यकामा कार्यान्वयन गर्न कटिबद्ध रहेको जानकारी गराउन चाहान्छु ।'

उनले चीनस्थित ग्वान्झाउ फुसान सर्कुलर इकोनोमी इन्डस्ट्रियल पार्क र ग्वान्झाउको फोहोर पानी प्रशोधन प्लान्टमा नवीन अभ्यासमा भ्रमण गरेका थिए । सोही भ्रमणबाट पालिकाभित्रको फोहर व्यवस्थापनको लागि साझेदारी, दिगो अभ्यासहरूलाई आफ्नै शहरको विकासमा एकीकृत गर्ने उनले जनाएका छन् ।