close

हर्क साम्पाङले कार्यकक्षबाट हटाए राष्ट्रपति र प्रधानमन्त्रीको फोटो

हर्क साम्पाङले कार्यकक्षबाट हटाए राष्ट्रपति र प्रधानमन्त्रीको फोटो

Trulli
ADVERTISEMENT

सुनसरी- धरानका मेयर हर्क साम्पाङले आफ्नो कार्यकक्षबाट राष्ट्रपति र प्रधानमन्त्रीको फोटो हटाएका छन् । 

नगरप्रमुखले राष्ट्रपति रामचन्द्र पौडेल र प्रधानमन्त्री पुष्पकमल दाहालको तस्बिर कार्यकक्षबाट हटाएर यलम्बरको तस्बिर राखेका धरान उपमहानगरपालिकाका प्रवक्ता सूर्यबहादुर भट्टराईले पुष्टि गरे । 

पछिल्लो समय धरानलाई संघीय सरकारले महत्त्व नदिएको भन्दै साम्पाङले सामाजिक सञ्जालमा असन्तोष प्रकट गर्दै आएका छन् । 

नगरप्रमुख साम्पाङले हिजो मात्रै राष्ट्रपति र प्रधानमन्त्रीको फोटो हटाएर यलम्बरको तस्बिर राख्ने भनेर सामाजिक सन्जालमा राखेका थिए।