close

मकालुका २८ पूर्व जनप्रतिनिधिसहित १३२ जना सम्मानित

मकालुका २८ पूर्व जनप्रतिनिधिसहित १३२ जना सम्मानित

Trulli
ADVERTISEMENT

संखुवासभा- मकालु गाउँपालिकाले ८ हजार मिटरभन्दा अग्ला १४ वटा हिमालको सफल आरोहण गर्ने किर्तिमार्नी मिङ्मा शेर्पासहित १३२ जनालाई सम्मान गरेको छ । 

नेपाल तथा अन्य मुलुकमा रहेका हिमाल आरोहणका क्रममा किर्तिमानी बनाएका २० जना र मकालुको विकास र समृद्धीमा सहयोग पुर्याउने संस्था तथा व्यक्तिलाई सम्मान गरिएको प्रमुख प्रशासकीय अधिकृत इन्द्र बहादुर दर्जीले बताए । 

गत पुस १६ गतेबाट गाउँपालिकाको केन्द्र नुममा भएको संस्कृति संरक्षण, पर्यटन प्रवर्द्धन तथा विशेष सम्मान कार्यक्रम एवम् अन्तर पालिका स्तरीय पुरुष भलिबल प्रतियोगिताको उद्घाटन कार्यक्रममा ७३ जनालाई सम्मान गरिएको थियो । त्यस्तै मापन समारोहमा बिहीबार ५९ जनालाई सम्मान गरिएको थियो । एसोशिएशन मनि पर आई एल नेपाल, प्लान फर नेपाल संस्था र पुर्वजनप्रतिनिधि २८ जना, महिला स्वास्थ्य स्वयमसेविका ३७ जना, कर्मचारी एक जना र कृषक तीन जनालाई सम्मान गरेको हो । 

मकालु गाउँपालिकाको विकास र समृद्धीमा टेवा पुर्याउँदै आएका संस्था र व्यक्ति, लामो समयदेखि इमान्दार तथा निष्ठावान कार्य गर्दै आएका पालिकाका कर्मचारी, कृषक, पूर्वजनप्रतिनिधिहरु र समाजसेवीलाई सम्मान गरिएको गाउँपालिकाले जनाएको छ ।