close

वडा अध्यक्षको सेवा सुविधाबाट विद्यार्थीलाई पोसाक

वडा अध्यक्षको सेवा सुविधाबाट विद्यार्थीलाई पोसाक

Trulli
ADVERTISEMENT

धनकुटा - महालक्ष्मी नगरपालिकाका वडा नम्बर २ का वडा अध्यक्ष पदम राखल मगरले आफूले पाएको सेवाबाट विद्यार्थीलाई पोसाक वितरण गरेका छन् । वडा अध्यक्ष मगरले आफ्नो पदबाट पाएको सेवा सुविधाबाट ऐश्वर्य आधारभूत विद्यालयका ३८ जना विद्यार्थीलाई पोसाक वितरण गरेको हो । 

विद्यार्थीहरुलाई जाडोयाममा लगाउने ट्रयाकसुट र टाइ वितरण गरिएको उनले बताए । विद्यार्थीलाई पढाईप्रति आकर्षण बढाउन तथा निरन्तरता दिनको लागि पोसाक वितरण गरेको उनले  सुनाए । 

आफूलाई जनताल भोट दिएर जिताएको र आफू स्थानीय बासिन्दाको सेवक भएकाले सेवा सुविधाबाट पोसाक वितरण गरेको उनको भनाइ छ ।