close

गल्छीका वडाध्यक्षहरूलाई व्यक्तिगत घटना दर्ता अभिमुखीकरण

गल्छीका वडाध्यक्षहरूलाई व्यक्तिगत घटना दर्ता अभिमुखीकरण

Trulli
ADVERTISEMENT

धादिङ-  धादिङको गल्छी गाउँपालिकाका वडाध्यक्ष र वडा सचिवहरूका लागि सामाजिक सुरक्षा तथा व्यक्तिगत घटना दर्ता प्रणाली सुदृढीकरण गर्न अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ ।

गाउँपालिकाका ८ वटै वडामा कार्यरत कर्मचारीका लागि घटना दर्तासम्बन्धी अभिमुखीकरणपछि बुधबार वडाध्यक्ष र सचिवहरूका निम्ति उक्त कार्यक्रम आयोजना गरिएको हो ।  

सामाजिक सुरक्षा तथा व्यक्तिगत घटना दर्ता प्रणाली सुदृढीकरण विषयमा जानकारी दिन अभिमुखीकरण कार्यक्रम आयोजना गरीएको हो ।

यस्ता तालिमले जनप्रतिनिधिलाई व्यक्तिगत घटना दर्ता प्रक्रियाबारे बुभ्mना सहज हुने गल्छी गाउँपालिकाकी उपाध्यक्ष राधा तिमिल्सिनाले बताइन् । सहभागीहरूलाई एमआईएस अपरेटर सानुमाया लामा र फिल्ड सहायक विपिन मल्लले सहजीकरण गरेका थिए ।