close

जिल्लाकै जेठा छविलाललाई नगरको सम्मान

जिल्लाकै जेठा छविलाललाई नगरको सम्मान

Trulli
ADVERTISEMENT

खोटाङ– खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाले नगरकै ज्येष्ठ नागरिकलाई सम्मान गरेको छ । नगरपालिकाले ३० औं अन्तर्राष्ट्रिय ज्येष्ठ नागरिक दिवस अवसर पारेर  वडा–१४ बुइपादम्कुका १ सय ३ वर्षीय छविलाल नेपालीलाई सम्मान गरेको हो ।


नगरपालिकाभरकै ज्येष्ठ नागरिकका रुपमा नेपालीलाई नगरपालिकाका नगरप्रमुख दीपनारायण रिजाल, उपप्रमु्ख विणादेवी राई, वडाध्यक्ष दिनेश राईलगायतले २० हजार नगद र सम्मानपत्र प्रदान गरेका थिए ।


नेपालीलाई सम्मान गर्न नगरप्रमुखको टोली दम्कु पुगेको थियो । उनलाई केही समयअघि वडा कार्यालय बुइपाले पनि सम्मान गरेको थियो ।


सय वर्ष कटेका छविलाललाई सामाजिक सुरक्षा भत्ता घरैमा लगेर प्रदान गर्ने गरिएको वडाध्यक्ष राईले बताए ।


१५ बैशाख, १९७५ मा  जन्मिएका छविलाल शारीरिक रुपमा अझै सक्रिया छन् । कान कम सुने पनि उनी  स्पष्ट बोल्न र देख्न सक्छन् ।


‘उहाँ यो उमेरमा पनि क्रियाशील हुनुहुन्छ । खासै रोग पनि देखिएको छैन’,  वडाध्यक्ष राईले भने, ‘नित्यकर्म आफैं गर्नुहुन्छ । हिँडडुलदेखि घरका सामान्य काममा सघाउनुहुन्छ ।’ छविलालका ४ छोरा र २ छोरी छन् ।