close

मानव मलमुत्र व्यवस्थापन गर्दै बर्दघाट नगरपालिका

मानव मलमुत्र व्यवस्थापन गर्दै बर्दघाट नगरपालिका

Trulli
ADVERTISEMENT

नवलपरासी  -  बर्दघाट नगरपालिकामा  १२ करोड रुपैँयाको लागतमा मानव मलमुत्रीय फोहोर व्यवस्थापन प्रणाली निर्माण आयोजना संचालन हुने भएको छ ।

 

शहरी खानेपानी तथा सरसफाई आयोजनाले बर्दघाट-१४ मा प्रशोधन केन्द्र राखेर उक्त आयोजना संचालन गर्ने भएको हो ।

 

खानेपानी तथा ढल व्यवस्थापन विभागअन्तर्गतको सोे आयोजना संचालन गर्न  प्रारम्भिक वातावरणीय परिक्षणसमेत भइसकेको बर्दघाट नगरपालिकाका नगर प्रमुख धीरज शर्मा बस्यालले जानकारी दिए । 

 

नगरपालिकाका १६ वटै वडामा योजना संचालन गर्न १२ करोड लागत लाग्ने अध्ययनबाट देखिएको आयोजनाका टिम लिडर तथा विज्ञ केशवराज मिश्रले जानकारी दिए । ‘अर्काे बर्षबाट आयोजना शुरु हुन्छ’, मिश्रले भने ।

 

उक्त आयोजनाले फोहोरमैला व्यवस्थापन तथा वातावरण संरक्षणको क्षेत्रमा महत्वपूर्ण काम गर्ने वातावरणविद् योगेश शाक्यले बताए ।  आयोजना शुरु गर्दाको अवस्था , निर्माणको अवस्था र निर्माण सम्पन्न भएपछिका अवस्था बारे अध्ययन गर्न आईईईको क्रममा रहेको समेत शाक्यले जानकारी दिएका छन् ।