close

अछाम बस दुर्घटना एक जनाको मृत्यु, १७ जना घाइते

अछाम बस दुर्घटना एक जनाको मृत्यु, १७ जना घाइते

Trulli
ADVERTISEMENT

अछाम : अछाममा बस दुर्घटना हुँदा एक जनाको ज्यान गएको छ । जिल्लाको चौरपाटी गाउँपालिकाअन्तर्गत मार्कुमा भएको बस दुर्घटनामा एक जनाको ज्यान गएको हो ।


मृत्यु हुनेमा साँफेबगर नगरपालिका- ३ का १९ वर्षीय निरज कुँवर रहेको जिल्ला ट्राफिक कार्यालय अछामले जनाएको छ ।


मंगलसेनदेखि धनगढीतर्फ गइरहेको ना४ख ९९७२ नम्बरको बस दुर्घटना हुँदा अन्य १७ जना घाइते भएका जिल्ला ट्राफिक कार्यालय अछामका प्रमुख देवेन्द्र खड्काले बताए ।


उनका अनुसार दुर्घटनाको थप विवरण आउन बाँकी छ ।