close

प्रधानमन्त्री ओलीको जन्मगाउँमा प्राविधिक शिक्षालय

प्रधानमन्त्री ओलीको जन्मगाउँमा प्राविधिक शिक्षालय

Trulli
ADVERTISEMENT

तेह्रथुम - तेह्रथुमको आठराई गाउँपालिकामा प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद्को आंगिक तेह्रथुम बहुप्राविधिक शिक्षालयको उद्घाटन भएको छ । आठराई गाउँपालिका- ४ इवामा स्थापना भएको शिक्षालयको प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले उद्घाटन गरेका हुन् ।


शिक्षालयमा तीन वर्षे कृषि (पशु) विज्ञान र बाली विज्ञान संकायको प्रमाणपत्र तहको पठनपाठन संचालन हुने तेह्रथुम बहुप्राविधिक शिक्षालयका प्रमुख ठाकुरप्रसाद भट्टराईले बताए ।

 

पहाडी जिल्लामा दक्ष जनशक्ति उत्पादन गर्ने लक्ष्यसहित स्थापना भएको शिक्षालयमा यस शैक्षिक सत्रमा कृषि (पशु) विज्ञानतर्फ ४० जना र बाली विज्ञानतर्फ ४० जना गरी कुल ८० जना       विधार्थीका लागि कोटा रहेको शिक्षालयले जनाएको छ ।


गत ११ फागुनमा आफ्नो जन्म घर आठराईको इवा पुगेर प्रधानमन्त्री केपी शर्मा ओलीले शिक्षालय स्थापनाका लागि आठराई इवामा रहको ३० रोपनी जग्गा उपलब्ध गराउने घोषणा गरेका थिए ।

 

शिक्षालयको आफ्नै भवन निर्माण भएको छैन । भवन नहुन्जेलसम्म इवामा रहेको समुदायिक भवन र स्वास्थ्य चौकीको पुरानो भवनमा २८ मंसिरदेखि पठनपाठन सुरु हुँदै छ ।


जिल्लाको दुर्गम गाउँमै न्यूनतम शुल्कमा प्राविधिक संकायको पढाइ हुन लाग्दा स्थानीय विद्यार्थी खुसी छन् ।