close

भेरी नदीमा बस खस्यो, दुर्घटनाको विवरण आउन बाँकी

भेरी नदीमा बस खस्यो, दुर्घटनाको विवरण आउन बाँकी

Trulli
ADVERTISEMENT

रुकुम पश्चिम- छिन्चु-जाजरकोट खण्डको गरालेमा आज अपराह्न ३ बजे एउटा बस भेरी नदीमा खसेको छ । गुर्भाकोट नगरपालिका- ९ गराले बजार नजिकै बस भेरी नदीमा खसेको हो ।

 

इलाका प्रहरी कार्यालय छिन्चुका प्रहरी निरीक्षक माधवप्रसाद चौधरीका अनुसार बस छिन्चुबाट जाजरकोट जाँदै वा जाजरकोटबाट छिन्चुतर्फ आउँदै गरेको भन्ने खुलेको छैन । प्रहरी चौकी बोटेचौर र मेहलकुनाबाट प्रहरी घटनास्थलमा जाँदै गरेकाले केही समयमा विस्तृत विवरण थाहा हुने चौधरीको भनाइ छ ।