close

पाल्हीनन्दनको अमानीगञ्ज गाउँ जोड्ने बाटोमा पक्की पुल

पाल्हीनन्दनको अमानीगञ्ज गाउँ जोड्ने बाटोमा पक्की पुल

Trulli
ADVERTISEMENT

नवलपरासी पश्चिम– नवलपरासीको पाल्हिनन्दन गाउँपालिका वडा नम्बर २ अमानीगञ्ज गाउँ र पृथ्वी आदर्श बस्ती जोड्ने नदीमा पक्की पुल बन्ने भएको छ । पुलको पूर्वसंघीय सांसद देवेन्द्रराज कँडेलले शिलान्यास गरे ।


कांग्रेस केन्द्रीय सदस्यसमेत रहेका पूर्वगृहराज्य मन्त्री कँडेलले पुल निर्माणपछि पाल्हीनन्दनको २ नम्बर वडाबासीलाई आउजाउमा सहज हुने बताए ।


महेशपुर–परासी कालो पत्रे जोड्ने झरही खोला छेउ दसगजासम्म तथा निर्माणाधीन सशस्त्र प्रहरी बीओपी कार्यालय, पृथ्वी आदर्श बस्ती हुँदै अमानीगञ्ज गाउँ जोड्ने बाटोमा पक्की पुल शिलान्यास गरिएको हो ।

 

नेता कँडेलले पुल निर्माणका लागि निर्वाचन क्षेत्र पूर्वाधार विकास कार्यक्रमअन्तर्गत ४ करोड रुपैयाँको बजेट विनियोजन गरेका थिए । कार्यक्रममा प्रदेशसभा सदस्य वैजनाथ जैसवाल, रामग्राम नगरपालिका उपप्रमुख रम्भा कुँवर, पाल्हिनदन गाउँपालिका उपप्रमुख पवित्रा कोहार, रामग्राम नगरपालिका कार्यपालिका सदस्य सुनिता श्रेष्ठलगायतले वडाबासीको मागअनुसार पुल निर्माण सुरु गरिएको बताए ।