close

बडिमालिका नगरपालिकाको आठौँ नगरसभाबाट ८ वटा कार्यविधि पास

बडिमालिका नगरपालिकाको आठौँ नगरसभाबाट ८ वटा कार्यविधि पास

Trulli
ADVERTISEMENT

बाजुरा- बाजुराको बडिमालिका नगरपालिकाको आठौँ नगरसभाबाट ८ वटा कार्यविधि तथा निर्देशिकाहरू पास भएका छन् । सातौँ नगरसभापश्चात कार्यपालिका बैठकबाट स्वीकृत गरी आठौँ नगरसभाबाट ८ वटा कार्यविधि सर्वसम्मत पास भएका नगरपालिकाले जनाएको छ । 


‘समृद्ध नगर, खुसी नगरवासी’ मुल नाराका साथ नगरपालिकाको हलमा संचालन भएको नगरसभाले बडिमालिका नगरपालिका पत्रकार कल्याण कोष स्थापना तथा संचालन निर्देशिका, घरवहाल करसम्बन्धी कार्यविधि, बडिमालिका नगरपालिका सूचना तथा अभिलेख केन्द्रको स्थापना तथा संचालनसम्बन्धी कार्यविधि, बडिमालिका नगरपालिकाको सार्वजनिक जवफदेहिता प्रवर्द्धनसम्बन्धी कार्यविधि, मेलमिलाप केन्द्र संचालन कार्यविधि, लैंगिक हिंसा निराकरणको संचालन तथा व्यवस्थापन कार्यविधि कक्षा ८ को परीक्षा संचालन तथा व्यवस्थापन कार्यविधि र ऊर्जा उपसमिति गठन तथा संचालन कार्यविधिहरू नगरसभाले पारित गरेको नगरपालिका स्रोतले जनाएको छ ।


त्यसै गरी २० पुस २०७७ को कार्यपालिका बैठकको निर्णयअनुसार मार्तडीमा रहेको क्रेटर जोन एकेडेमीलाई कक्षा ११ थपका लागि अनुमति दिने कार्यपालिकाको प्रस्तावलाई पनि सभामा पेस गरिएको नगरपालिकाले जनाएको छ ।

 

ऊर्जा नीति, २०७६ अनुमोदन, सातौँ नगरसभापश्चात नगरपालिकाबाट भएको खर्चको अनुमोदन र विकास साझेदार कोरोना व्यवस्थापन तथा बाढी, पहिरोमा सहयोग गर्ने निकाय र व्यक्तिलाई धन्यवाद ज्ञापनसमेत गरेको नगरपालिकाका सूचना अधिकारी वीरबहादुर बिष्टले बताए ।
 
 
त्यस्तै, बडिमालिका नगरपालिकाको आठौँ हिउँदे नगरसभाबाट आठौँ नगरसभाले सातौँ नगरसभापश्चात नगरपालिकाबाट भएको खर्च विवरण पनि प्रस्तुत गरिएको थियो ।

 

नगरप्रमुख पदम बडुवालको अध्यक्षतामा संचालन भएको नगरसभामा नगर उपप्रमुख कविता बिष्ट, नगरपालिकाका जनप्रतिनिधिलगायत सम्पूर्ण कर्मचारी, पत्रकारको सहभागिता थियो । नगरसभा कार्यक्रमको संचालन प्रमुख प्रशासकीय अधिकृत रंगमल विकले गरेका थिए ।