close

युवक हत्या प्रकरण : वडाध्यक्षसहित थप ३ जना पक्राउ

युवक हत्या प्रकरण : वडाध्यक्षसहित थप ३ जना पक्राउ

Trulli
ADVERTISEMENT

बझाङ– बझाङको छबिसपाथिभेरा गाउँपालिका वडा नम्बर ३ का अमृत सिंहको हत्यामा संलग्न भएको आरोपमा प्रहरीले वडाध्यक्षसहित थप ३ जनालाई पक्राउ गरेको छ ।

 

बझाङका प्रमुख प्रहरी नायब उपरीक्षक रुपक खड्काका अनुसार पक्राउ पर्नेमा छबिसपाथिभेरा गाउँपालिका वडा नम्बर २ का वडाध्यक्ष विकास ऐडी, उनका भाइ नाता पर्ने प्रकाश ऐडी र सोही ठाउँका केदार ऐडीलाई पक्राउ गरिएको हो ।


उनीहरूलाई थलारा गाउँपालिकाबाट पक्राउ गरिएको खड्काले बताए । सिंहको हत्या गरेको आरोपमा छबिसपाथिभेरा वडा नम्बर २ का ज्ञानबहादुर कडायत भने मंगलबार नै पक्राउ परिसकेका छन् ।

 

छबिसपाथिभेरा गाउँपालिका वडा नम्बर ३ को बन्नीचौर माध्यमिक विद्यालयको व्यवस्थापन समितिको चुनाव सकेर घर फर्किने क्रममा भएको विवादपछि सिंहको हत्या भएको थियो ।

 

उनको हत्यामा वडाध्यक्षको सरकारी मोटरसाइकलसमेत प्रयोग गरेको भेटिएपछि अनुसन्धानका लागि निजलाई नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।

 

विद्यालय व्यवस्थापन समितिको अध्यक्षमा नेकपा निकट उम्मेदवार गजेन्द्र धामी २८ मतले कांग्रेस निकट उम्मेदवार लोेकेन्द्र बोहरासँग पराजित भएका थिए ।

 

धामीले १ सय ४९ र बोहराले १ सय ७७ मत प्राप्त गरेको बुझिएको बझाङका प्रमुख प्रहरी नायब उपरीक्षक खड्काले बताए । उनका अनुसार हत्या गरिएका सिंह विद्यालय व्यवस्थापन समितिको अध्यक्षमा विजयी बोहरा निकटका हुन् । यसअघि समेत सो विद्यालयमा व्यवस्थापन समिति गठनको विषयमा विवाद हुँदै आएको थियो ।