close

श्रीमतीको हत्या गरेर प्रहरीलाई फोन

श्रीमतीको हत्या गरेर प्रहरीलाई फोन

Trulli
ADVERTISEMENT

डडेल्धुरा– डडेल्धुरामा श्रीमानले श्रीमतीको हत्या गरेका छन् । जिल्लाको नवदुर्गा गाउँपालिका–५ ठाँटाका २९ वर्षीय श्याम साउँदले २८ वर्षीय श्रीमती मनिषा साउँदको हत्या गरेका हुन् ।


ढेड फिट चिरेको काठले हिर्काएर मनिषाको हत्या गरेको डडेल्धुराका प्रहरी नायव निरीक्षक राजेन्द्रबहादुर चन्दले जानकारी दिए ।


शनिबार दिउँसो ३ बजे साउँदले श्रीमतीको हत्या गरेर स्थानीय प्रहरी चौकीमा ७ बजे फोनबाट खबर गरेको उनले बताए ।


श्रीमतीको हत्या गरेका साउँदलाई शनिबार राति नै प्रहरीले पक्राउ गरेर जिल्ला सदरमुकाम ल्याएको प्रहरी नायव निरीक्षक चन्दले बताए । उनले श्रीमान् श्रीमतीमा सामान्य घरायसी विवाद हुँदा श्रीमानले श्रीमतीको हत्या गरेको प्राराम्भिक अनुसन्धानबाट खुलेको बताए । 


‘म बाहिर थिए, घरमा आउँदा श्रीमती रक्ताम्य देखे । मृत्यु भइसकेको जस्तो छ भनेर साउँदले प्रहरीलाई खबर गरे सुरुमा,’ प्रहरी नायव निरीक्षक चन्दले भने, ‘प्रहरीको टोली त्यहाँ गएर हेर्दा मनिषाको मृत्यु भइसकेको थियो । पछि प्रहरी समक्ष श्यामले आफैं हत्या गरेको स्वीकार गरेका छन् ।’


मृतक मनिषाका एक छोरा र एक छोरी छन् । मृतक मनिषाको शव पोस्टमार्टमका लागि डडेल्धुरा अस्पताल डडेल्धुरामा राखिएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।