close

कैलालीको लम्कीमा गोली चल्यो, २ जना घाइते

कैलालीको लम्कीमा गोली चल्यो, २ जना घाइते

Trulli
ADVERTISEMENT

धनगढी– बसको ठक्करबाट युवतीको मृत्यु भएपछि तनावग्रस्त बनेको कैलालीको लम्कीमा प्रहरीले गोली चलाएको छ । प्रहरीमाथी हातपात गर्न खोजेपछि केही राउन्ड गोली प्रहार गरेको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी निरीक्षक हिक्मत थापाले बताए ।


उनका अनुसार गोली प्रहारबाट दुई जना घाइते भएका छन् । उनीहरुलाई उपचारका लागि कोहलपुर पठाइएको छ ।


मंगलबार बिहान पूर्वपश्चिम राजमार्ग अन्तर्गत लम्की चोकस्थित टीकापुरतर्फ जादै गरेको बसको ठक्करबाट पैदल यात्री लम्कीचुहा नगरपालिका–१ की २२ वर्षीया कमला देवकोटाको मृत्यु भएको थियो ।


सोही विषयलाई लिएर आन्दोलित भएका स्थानीयले राजमार्ग अवरुद्ध पार्नुका साथै टायर बालेर प्रर्दशन गरिरहेका छन् । प्रदर्शनकारीहरुले इलाका प्रहरी कार्यालय लम्की घेराउ समेत गरेका छन् ।

 

उनीहरुलाई तितरबितर बनाउन हवाई फाइर समेत थियो । ठक्कर दिने बस र चालक बर्दोगोरिया गाउँपालिका–१ का ३१ वर्षीय पुष्प कडेललाई यसअघि नै नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।