close

बुटवल उपमहानगर प्रमुखले भेटे प्रधानमन्त्री : बुझाए आवधिक र दीर्घकालीन योजना 

बुटवल उपमहानगर प्रमुखले भेटे प्रधानमन्त्री : बुझाए आवधिक र दीर्घकालीन योजना 

Trulli
ADVERTISEMENT

रूपन्देही– बुटवलको बाढीपहिरो नियन्त्रण तथा जोखिम न्यूनीकरणका विषयमा संघीय सरकारलाई ध्यानाकर्षण गराइएको छ ।  पूर्वअर्थमन्त्री विष्णुप्रसाद पौडेल, बुटवल उपमहानगर प्रमुख शिवराज सुवेदीको नेतृत्वमा प्रधानमन्त्री शेरबहादुर देउवा र संघीय सरकार मातहतका विभिन्न कार्यालयलाई प्रकोप नियन्त्रणका योजनासहितको ध्यानाकर्षण–पत्र बुझाइएको हो । 


भेटमा कार्यपालिका सदस्य टंक पराजुली, नारायण पुन र महेन्द्र लिगल, वरिष्ठ अधिकृत विष्णुप्रसाद खनाल, एमाले नगर अध्यक्ष बाबुराम पन्थी, अनेरास्ववियु उपाध्यक्ष यम पाण्डेलगायत सहभागी थिए ।


ज्योतिनगरको पहिरो रोकथाम, विस्थापितलाई स्थायी बसोबास प्रबन्ध, तिनाउ र दानव नदीले कटान गरेका वस्तीको सुरक्षार्थ तटबन्धलगायतमा उपमहानगरले संघीय सरकारको सहयोग र सहकार्य खोजिरहेको छ ।


यस्ता वस्तीको सुरक्षाका लागि उपमहानगरले तयार पारेको आवधिक र दीर्घकालीन योजनालाई प्रधानमन्त्रीसमक्ष जानकारी गराउनुका साथै मातहतका कार्यालयलाई हस्तान्तरणसमेत गरिएको उपमहानगर प्रमुख सुवेदीले जानकारी दिए ।