close

भेँडीखर्क आगोले लपेटिएपछि २५ भेडी जले

भेँडीखर्क आगोले लपेटिएपछि २५ भेडी जले

Trulli
ADVERTISEMENT

जुम्ला– जुम्लाको हिमा गाउँपालिका वडा नम्बर २ भेँडीखर्कमा आगलागी हुँदा २५ भेँडा जलेर नष्ट भएका छन् । सोमबार दिउँसो आगलागी हुदा खर्कमा राखिएका २५ भेँडाबाख्रा जलेर नष्ट भएका हुन् ।

 

भेँडा कृषक वीरबहादुर शाहीका अनुसार दिउँसो खर्कमा कोही नभएको समयमा आगलागी हुँदा खर्क पूरै जलेर नष्ट हुनुका साथै भँेडाका पाठा, २० बढी राडी कम्बल, लत्ताकपडा र भाँडावर्तन समेत जलेर नष्ट भएका छन् ।

 

भेँडापालक कृषक दत्तबहादुर शाहीका ३ वटा, धनबहादुर रोकायाका ३ वटासहित १२ जना कृषका २५ पाठा जलेका छन् । भेँडापालकले क्षति विवरण बड्की प्रहरी चौकीलाई जानकारी गराएको शिक्षक खम्वा शाहीले बताए । 


करिब ४ हजार मिटर उचाइमा रहेको खर्क नै जलेर नष्ट भएपछि ओत लाग्ने स्थान नहुँदा  आगो बालेर रात कटाउनुपर्ने अवस्था रहेको भेँडापालक कृषकको गुनासो छ । चिसो बढिसकेको अवस्थामा खर्क नै जलेर नष्ट भएको उनले सुनाए ।