close

गाईघाटमा पहिलोपल्ट सवारी अनुमतिपत्रको प्रयोगात्मक परीक्षा

गाईघाटमा पहिलोपल्ट सवारी अनुमतिपत्रको प्रयोगात्मक परीक्षा

Trulli
ADVERTISEMENT

उदयपुर– गाईघाटमा पहिलो पटक सवारी चालक अनुमतिपत्रको प्रयोगात्मक परीक्षा बुधबारदेखि सुरु भएका छ । यातायात व्यवस्था सेवा कार्यालय गाईघाटले पहिलो पटक नयाँ सवारी चालक अनुमतिको प्रयोगात्मक परीक्षा लिएको हो ।

 

प्रदेश १ को भौतिक पूर्वाधार विकास मन्त्रालयका मन्त्री हिमाल कार्कीले बुधबार उद्घाटन गरेसँगै प्रयोगात्मक परीक्षा सुरु भएको हो । पहिलो प्रयोगात्मक परीक्षा दिने परीक्षार्थीमाझ ट्रायल सेन्टरमै पुगेर मन्त्री कार्कीले उद्घाटन गरे ।


उनले कार्यालयबाट सेवाग्राहीलाई छिटो र सहज सेवा दिन निर्देशन दिए । कार्यालयमा काम गर्ने कर्मचारी र स्रोत– साधनको कमी रहेकाले त्यसको तत्काल समाधान गर्ने प्रतिबद्धता उनले जनाए ।


यातायात सेवा कार्यालय उदयपुरले गत २८ कात्तिकदेखि सवारी अनुमतिपत्र जारी प्रक्रिया सुरु गरेको हो ।  उदयपुरबाटै यातायातसम्बन्धी सबै सेवा सुरु भएपछि यहाँका नागरिकलाई सहज हुनेछ ।


प्रदेशसभा सांसद विमल कार्कीले यहाँका नागरिकलाई सवारी अनुमतिपत्र लिन अन्यत्र जानुपर्ने बाध्यता हटेको बताए । प्रदेशसभा सांसद अम्बिका थापा र सुनिताकुमारी चौधरीले आ–आफनो धारणा व्यक्त गरे । 

 

प्रमुख जिल्ला अधिकारी वीरेन्द्रकुमार यादवले सीमित स्रोत–साधन प्रयोग गरी नागरिकलाई प्रभावकारी सेवा उपलब्ध गराउन आग्रह गरे । 
प्रयोगात्मक परीक्षाको सुरु दिन २५० जना परीक्षार्थी सहभागी भएका छन् । ‘लामो प्रयासपछि गाईघाटमा लाइसेन्स वितरण गर्न सफल भएका छौँ’, भौतिक पूर्वाधार विकास मन्त्रालय यातायात व्यवस्था निर्देशनालय इटहरीका निर्देशक भीमप्रसाद गौतमले भने । 


यातायात सेवा कार्यालय गाईघाट २०७२ मा स्थापना भए पनि लामो समयको प्रयासपछि सवारी लाइसेन्ससम्बन्धी काम गर्न अनुमति पाएको यातायात सेवा कार्यालय गाईघाटका प्रमुख सुवास कार्कीले जानकारी दिए कार्यालयमा स्थायी अस्थायी गरि ११ जना कर्मचारी रहेको प्रमुख कार्कीले बताए ।


कार्यालयमा जनशक्ति अभावसँगै कम्प्युटर र प्रिन्ट अभाव, सेवाग्राही बस्ने ठाउँसमेत नभएको उनको भनाइ छ । सिराहाको लहानबाट लाइसेन्स लिँदै आएका यहाँका सेवाग्राहीले यातायात सेवा कार्यालय गाईघाटबाटै अब यो सेवा लिन सक्नेछन् । उद्घाटन कार्यक्रममा प्रहरी उपरीक्षक सुभासचन्द्र बोहरा, सशस्त्र प्रहरी उपरीक्षक सुदीप सुवेदीलगायत राजनीतिक दलका प्रतिनिधि सहभागी थिए ।