close

रोजगारीका लागि भारत हिँडेका २० वर्षीय युवा बीच बाटोमै अस्ताए

रोजगारीका लागि भारत हिँडेका २० वर्षीय युवा बीच बाटोमै अस्ताए

Trulli
ADVERTISEMENT

बाजुरा– बाजुराको बूढीनन्दा नगरपालिका वडा नम्बर ५ को बिर्सैनमा बुधबार एक युवक मृतावस्थामा फेला परेका छन् । बाजुराको जगन्नाथ गाउँपालिका वडा नम्बर ६ गोत्रीका वीरबहादुर चदाराका छोरा जीवन मृतावस्थामा फेला परेका हुन् ।


बुधबार बिहान आफन्तसँग कामको सिलसिलामा भारत जान लागेका २० वर्षीय जीवन बिर्सैन नजिकै मृतावस्थामा फेला परेको स्थानीयले जानकारी दिए हुन् ।
कोल्टीबाट मार्तडी जाने गाडी नपाएपछि आफन्तसँगै हिँडेका चदारा बीच बाटोमै एक्कासि अचेत भएको आफन्त शंकर सार्कीको भनाइ छ ।

 

गाउँबाट रोजगारीका लागि भारत जान लागेका चदारालगायत २० जनाको टोलीले मार्तडी पुग्ने गाडी नभेटेपछि पैदलै गएको सार्कीले बताए । पैदल हिँडेरै जाने क्रममा कोही अगाडि र कोही पछाडि हुँदै गएका बेला जीवन कति बेला अचेत अवस्थामा पुगे भन्नेसमेत जानकारी नभएको र खोजी गर्दा अचेत अवस्थामा फेला परेको उनको भनाइ छ ।


घटनाको जानकारी पाएलगत्तै इलाका प्रहरी कार्यालयको टोली घटनास्थलमा पुगेको थियो । अचेत अवस्थाका चदारालाई प्रहरी, आफन्तलगायतले कोल्टी प्राथमिक स्वास्थ्य केन्द्र पुर्‍याउँदै गर्दा मृत्यु भइसकेको अहेब सिंहराज गिरीले जानकारी दिए ।


चदाराको मृत्युको विषयमा अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय कोल्टीले बताएको छ । आफन्तले तत्काल प्राथमिक स्वास्थ्य केन्द्र कोल्टी पु¥याएका चदाराको पोस्टमार्टम हुन सकेको छैन ।

 

कोल्टीमा पोस्टमार्टम गर्ने डाक्टर नभएको र भएका डाक्टर पनि बिदामा वसेका कारण ढिलाइ भएको बताइएको छ । जिल्ला अस्पताल बाजुराबाट डाक्टर आएपछि पोस्टमार्टम हुनेछ ।