close

भक्तपुर नगरव्यापी विद्यालयस्तरीय टेबल टेनिस प्रतियोगिता समापन

भक्तपुर नगरव्यापी विद्यालयस्तरीय टेबल टेनिस प्रतियोगिता समापन

Trulli
ADVERTISEMENT

भक्तपुर– भक्तपुर नगरपालिकाद्वारा सञ्चालित भक्तपुर नगरव्यापी विद्यालयस्तरीय टेबल टेनिस प्रतियोगिता सम्पन्न भएको छ । वडा नम्बर २ को वडा समिति र खेलकुद समितिको समन्वयमा वासु माविको कर्भड हलमा प्रतियोगिता समापन भएको हो । 


प्रतियोगितामा गल्र्स टिम इभेन्टस्मा प्रभात ई. स्कुल प्रथम, प्रोक्सिमा एकेडेमी दोस्रो र माउन्ट भ्याली र जेन्युइन सेकेन्डरी स्कुलले तेस्रो स्थान प्राप्त गरे ।

 

ब्वाइज टिम इभेन्टस्मा प्रोक्सिमा एकेडेमी प्रथम, द राइजिङ ई. स्कुल दोस्रो, जेन्युइन सेकेन्डरी स्कुल र गोल्डेन गेट इन्टरनेसनल स्कुलले संयुक्त रूपमा तेस्रो स्थान प्राप्त गरे ।


ब्वाइज १६ वर्षमुुनितर्फ करण कपाली विद्या आर्जन प्रथम, न्युनिस सुवाल द राइजिङ ई. स्कुल दोश्रो उज्वल न्हुछे प्रोक्सीमा एकेडेमी र क्रियसन सुवाल जेन्युइन सेकेन्डरी स्कुल संयुक्त रूपमा तेस्रो भए ।


ब्वाइज १२ वर्षमुनितर्फ विशाल कवां प्रोक्सिमा एकडेमी प्रथम, रुकेश कवां माउन्ट भ्याली ई. स्कुल दोस्रो तथा वासु माविका सुयौढ दुवाल र माउन्ट भ्याली ई. स्कुलका सोहन गोर्खाली संयुक्त रूपमा तेस्रो भए ।


गल्र्स १६ वर्षमुनितर्फ मर्मदा खाइतु प्रोक्सिमा एकडेमी प्रथम, प्रभात ई. स्कुलका सौरभि कोजु दोस्रो तथा प्रभात ई. स्कुलकै सेफिना कोजु र प्रोक्सिमा एकेडेमीका प्रज्ञा भेले संयुक्त रूपमा तेस्रो भए ।


गल्र्स १२ वर्षमुनितर्फ प्रभात ई. स्कुलका क्रमशः प्रदीपा सुवाल प्रथम, क्यारिना सुवाल दोस्रो भए । जेन्युइन सेकेन्डरी स्कुलका वेन्डी सुवाल र माउन्ट भ्यालीका आशिका काशिछ्वा संयुक्त रूपमा तेस्रो भए ।


मिक्स डबलतर्फ विशाल र नर्मदाको जोडी प्रोक्सिमा एकडेमी प्रथम, प्रज्वल र प्रदीपा जोडी प्रभात स्कुल दोस्रो र संयुक्त रूपमा सिर्जल र क्यारिनाको जोडी प्रभात स्कुल एवं सफल र सिरस्तीकाको जोडी प्रोक्सिमा एकडेमी संयुक्त रूपमा तेस्रो भए ।


अन्तिम परिणामअनुसार प्रोक्सिमा एकडेमीले ४ स्वर्ण, १ रजत र २ कास्य गरी ७ पदकका साथ समूहमा प्रथम भई ट्रफी प्राप्त गरेको छ । प्रभात ई. स्कुलले २ स्वर्ण, ३ कास्य र २ रजत गरी ७ पदक प्राप्त गरी दोस्रो भएको छ ।


समूहमा प्रथम, दोस्रो र तेस्रो स्थान प्राप्त गर्ने विद्यालयलाई २४ मंसिरमा शहिद स्मृति खेल मैदानमा हुने समापन तथा पुरस्कार वितरण कार्यक्रममा पुरस्कृत गरिने आयोजक समितिले जनाएको छ ।