close

भक्तपुरका प्रमुख प्रशासकीय अधिकृत श्रेष्ठको बिदाइ

भक्तपुरका प्रमुख प्रशासकीय अधिकृत श्रेष्ठको बिदाइ

Trulli
ADVERTISEMENT

भक्तपुर–भक्तपुर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत रामलाल श्रेष्ठको बिदाइ गरिएको छ । नगरप्रमुख सुनील प्रजापतिले प्रशासकीय अधिकृत श्रेष्ठलाई भादगाउँले टोपी र दोसल्ला ओढाई जिल्लाको मौलिक आँखीझ्याल र नगरका प्रकाशन दिएर बिदाइ गरे ।


धनगढी उपमहानगरमा उपसचिवबाट सहसचिव पदमा प्रथम श्रेणीमा बढुवा भई सरुवा भएका श्रेष्ठले भक्तपुरमा १ वर्ष ४ महिना काम गरे । कर्मचारीले भ्रष्टाचार गर्ने एवं कार्यालयका काममा ढिलासुस्ती गर्ने गरेको नागरिकको गुनासा हटाउन जनप्रतिनिधि र राष्ट्रसेवकले विशेष ध्यान दिनुपर्ने उनको भनाइ छ ।


प्रमुख प्रशासकीय अधिकृत श्रेष्ठले भक्तपुर नगरपालिकाको बसाइँ सफल र प्रेरणादायी भएको सुनाए । उनले देशकै नमुना नगरपालिकामा बसेर काम गर्न पाउँदा गौरवान्वित महसुस भएको बताए ।

 

भक्तपुर नगर ७५३ वटा पालिकाभन्दा कार्यशैलीगत हिसाबबाट फरक र पृथक भएको बताउँदै उनले नगरपालिकाले स्वायत्तताको अभ्यास गरिरहेको जानकारी दिए । भक्तपुरको ख्वप मोडलबाट प्रभावित भएको उनको भनाइ छ । श्रेष्ठ २८ साउन ०७७ मा सुनवल नगरबाट भक्तपुर नगरपालिकामा सरुवा भई आएका थिए ।