close

चाँगुनारायण नगरपालिकामा अख्तियारको छापा

चाँगुनारायण नगरपालिकामा अख्तियारको छापा

Trulli
ADVERTISEMENT

भक्तपुर– अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले भक्तपुरको चाँगुनारायण नगरपालिकामा छापा मारेको छ । नगरपालिकाले खरिद र भुक्तानीमा अनियमितता गरेको अख्तियारमा उजुरी परेपछि मंगलबार छापा मारेर कागजात नियन्त्रणमा लिइएको हो । 


टोलीले नगरपालिकाको शाखागत रूपमा सबै कागजात नियन्त्रणमा लिएको छ । मंगलबार बिहानदेखि अख्तियारको टोलीले नगरपालिकाको भवनमा आवश्यक कागजात निगरानीमा राखेको थियो । 


५ लाख रुपैयाँ बढीको खरिद र भुक्तानीमा अनियमितता भएको जानकारी आएपछि अख्तियार केन्द्रीय कार्यालयको विशेष टोलीले नगरपालिकामा छापा मारेको अख्तियारका प्रवक्ता नारायणप्रसाद रिसालले बताए । उजुरीबारे बाँकी अनुसन्धान गर्न बाँकी रहेको उनले जानकारी दिए ।