close

 प्रदेश १ का १४ वटै जिल्लामा ट्राफिक सप्ताह सुरु 

उदयपुरमा ट्राफिक सप्ताह

 प्रदेश १ का १४ वटै जिल्लामा ट्राफिक सप्ताह सुरु 

उदयपुरमा ट्राफिक सप्ताह

Trulli
ADVERTISEMENT

उदयपुर–  उदयपुरको गाईघाटमा प्रभातफेरीसहित ट्राफिक सप्ताह सुरु भएको छ । जिल्ला ट्राफिक प्रहरी कार्यालय उदयपुरले ट्राफिक सप्ताह आइतबारदेखि सुरु गरेको हो । ट्राफिक नियमको पालनासँगै दुर्घटना न्यूनीकरण गर्ने उद्देश्यले अभियान सुरु गरिएको जिल्ला ट्राफिक प्रहरी कार्यालय उदयपुरले जनाएको छ । प्रदेश १ अन्तर्गत १४ वटै जिल्लामा सुरु ट्राफिक सप्ताह सुरु गरिएको छ । सडक अनुशासन तथा सवारी दुर्घटना न्यूनीकरणका लागि उदयपुरसहित १४ वटै जिल्लामा अभियान थालिएको हो ।

 

ट्राफिक प्रहरी कार्यालय प्रदेश १ को आयोजनामा प्रदेशभर रहेका १४ वटै जिल्लामा सप्ताहव्यापी कार्यक्रम आयोजना गरिएको हो । सुरक्षित यात्राका लागि दुईपांग्रे सवारीलाई ध्यानमा राख्दै सहायक प्रमुख जिल्ला अधिकारी विनोदकुमार पोखरेलले चालकलाई हेलमेट लगाइदिएर त्रियुगा बसपार्कमा कार्यक्रमको विधिवत उद्घाटन गरे ।

 

जिल्ला प्रहरी कार्यालय उदयपुरका प्रमुख सुवासचन्द्र बोहराले ट्राफिक सप्ताहको मूल उद्देश्य यात्रु सुरक्षा रहेको बताए । चालकले आफ्नो सुरक्षामा कसरी ध्यान दिने र यात्रुलाई गन्तव्यसम्म कसरी सुरक्षित यात्रा गराउने भन्ने सम्बन्धमा सहभागीलाई जानकारी गराइएको थियो । अभियानमा नेपाल प्रहरी, सशस्त्र प्रहरी, ट्राफिक प्रहरी, चालक, विद्यार्थी स्थानीय सरकार, कर्मचारी तथा सञ्चारकर्मीसहितको उपस्थितिमा प्रभातफेरी ¥याली आयोजना गरिएको थियो ।

 

र्‍याली पीपलचोकबाट त्रियुगा बसपार्कमा गई कार्यक्रममा परिणत भएको थियो । जिल्ला ट्राफिक प्रहरी कार्यालय उदयपुरका इन्चार्ज प्रहरी नायब निरीक्षक लीलाकुमार श्रेष्ठका अनुसार पहिलो दिन ४ पुसमा विद्यार्थीसहित, सुरक्षाकर्मी, नागरिक समाज, सरोकारवालालगायतको उपस्थितिमा प्रभातफेरीसहित कार्यक्रमको औपचारिक उद्घाटन गरिएको थियो ।

 

दोस्रो दिन जिल्लाभरिकै ट्राफिक कार्यालय मातहतमा पर्चा, पम्पलेट वितरण तथा ट्राफिक स्वयंसेवक खटाइनेछ भने तेस्रो दिन महानगर तथा नगरपालिका बजारभित्र रहेका फुटपाथ, ट्राफिक चिह्न र जथाभावी राखिएका सामान हटाइनेछ ।

 

त्यसैगरी चौथो दिन बसपार्क नजिकै रहेको त्रियुगा पुलमा संयुक्त रूपमा सवारी साधनको अवस्था, ट्राफिक नियम तथा कागजात चेकजाँचजस्ता कार्यक्रममा विद्यालयका विद्यार्थीलाई सचेतनासम्बन्धी कक्षा सञ्चालन गरिनेछ ।

 

पाँचौँ दिन पीपलचोकमा विद्यार्थीलाई सहभागी गराई ट्राफिक सचेतनाका लागि कार्यक्रम चलाइनेछ । छैँटौँ दिन स्वास्थ्य कार्यालयको समेत संयुक्त आयोजनामा ब्लड प्रेसर तथा आँखा चेकजाँचजस्ता स्वास्थ्य कार्यक्रम सञ्चालन गरिनेछ भने सातौँ दिन सम्पूर्ण कार्यक्रमको समीक्षासहित ट्राफिक सप्ताह समापन हुने जिल्ला ट्राफिक कार्यालय उदयपुरले जनाएको छ ।


कार्यक्रममा सशस्त्र प्रमुख सुधीर सुवेदी, बोक्से रणसार्दुल गणका प्रमुख, त्रियुगा नगरपालिकाका सूचना अधिकारी विश्वजित राई तथा वडाध्यक्ष पशुपति चौधरी, जयविक्रम राईलगायतको उपस्थिति थियो । कार्यक्रम त्रियुगा नगरपालिका वडा नम्बर ३ का वडाध्यक्ष अवधेशप्रसाद चौधरीको अध्यक्षतामा भएको थियो ।