close

बुटवलबाट शव लिएर रिडी जाँदै गरेको बस दुर्घटनाग्रस्त  : मृत्यु भएका ६ जनाको सनाखत 

बुटवलबाट शव लिएर रिडी जाँदै गरेको बस दुर्घटनाग्रस्त  : मृत्यु भएका ६ जनाको सनाखत 

Trulli
ADVERTISEMENT

रूपन्देही–बुटवलबाट शव लिएर दाह संस्कारका लागि रिडी जाँदै गरेको बस दुर्घटनामा परी मृत्यु भएका ६ जनाको सनाखत भएको छ । दुर्घटनामा मृत्यु भएका अर्का एक जनाको सनाखत हुन सकेको छैन ।

 

दुर्घटनामा परी अर्घाखाँचीको मालारानी गाउँपालिका वडा नम्बर २ का २५ वर्षीय शंकर विक, सोही ठाउँका ३६ वर्षीय मोहन कुँवर र २८ वर्षीय भोजेन्द्र विक, बुटवल उपमहानगर वडा नम्बर १९ का ३२ वर्षीय विजय थापा क्षेत्री, वडा नम्बर १७ का ३० वर्षीय पशुपति रसाइली र सोही ठाउँका खुमबहादुर राना रहेको जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रहरी नायब उपरीक्षक रामेश्वर त्वातीले जानकारी दिए ।

 

दुर्घटनामा परी १५ जना घाइते भएको उनले बताए । घाइते हुनेमा बुटवल उपमहानगर वडा नम्बर १७ का ३८ वर्षीय विशाल रसाइली, सैनामैना नगरपालिका वडा नम्बर ६ का ३१ वर्षीय मीरा रामदाम, सोही स्थानका ५० वर्षीय श्यामबहादुर थापा, बुटवल उपमहानगर वडा नम्बर १७ का ४५ वर्षीय धनबहादुर सुनार रहेका छन् ।

 

यस्तै, अर्घाखाँचीको पाणिनी गाउँपालिका वडा नम्बर १ का ५४ वर्षीय गोपाल नेपाली, छत्रकोट गाउँपालिका वडा नम्बर ३ का ४३ वर्षीय लालबहादुर विक, मालारानी गाउँपालिका वडा नम्बर २ का ३७ वर्षीय रमेश टोहटा, तिलोत्तमा नगरपालिका वडा नम्बर १४ का ४५ वर्षीय दिलमाया सुनार र सोही स्थानका ४५ वर्षीय तारा सुनार घाइते भएका छन् ।

 

पाल्पा प्रहरीका अनुसार मालारानी गाउँपालिका वडा नम्बर २ का ३९ वर्षीय तुल्सीराम विक, सोही ठाउँका २२ वर्षीय दीपक विक, बुटवल उपमहानगर वडा नम्ब। ११ का ४८ वर्षीय माधवप्रसाद बस्याल, मलारानी गाउँपालिकाका अर्जुन रसाइली, सोही ठाउँका ३५ वर्षीय लक्ष्मण टोहटा र २७ वर्षीय विष्णु विक घाइते भएका छन् ।

 

घाइतेमध्ये ९ जनाको लुम्बिनी मेडिकल कलेज प्रभाष पाल्पा र अन्यको मिसन अस्पताल पाल्पामा उपचार भइरहेको प्रहरी प्रवक्ता त्वातीले बताए ।

 

आइतबार बुटवल रानीगञ्जका ७० वर्षीय वीरबहादुर विश्वकर्माको शव लिएर गुल्मीको रिडी जाँदै गरेको लु२ख ७२७९ नम्बरको बस पाल्पाको रिब्दीकोट गाउँपालिका वडा नम्बर २ लगुवामा दुर्घटनामा परेको थियो ।

 

बस सडकबाट करिब ५५ मिटर तल खसेको थियो । बस चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ भने दुर्घटनासम्बन्धी थप अनुसन्धान भइरहेको प्रहरी प्रवक्ता त्वातीले बताए ।