close

गौमूलको घट्मुनामा बन्दै पक्की पुल

गौमूलको घट्मुनामा बन्दै पक्की पुल

Trulli
ADVERTISEMENT

बाजुरा–बाजुराको गौमूल गाउँपालिकाको घट्मुनामा पक्की पुल निर्माण हुने भएको छ । गौमूल गाउँपालिका र बडीमालिका नगरपालिका जोड्ने घट्मुनास्थित बूढीगंगा नदीमा पक्की पुल निर्माण गरिन लागेको हो ।


संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमार्फत सञ्चालित स्थानीय पूर्वाधार विकास कार्यक्रमबाट गौमूल गाउँपालिका वडा नम्बर ६ स्थित घट्मुना नदीमा यो वर्षभित्रै पक्की पुल निर्माण सुरु हुने पालिकाले जनाएको छ । 

 

स्थानीय पूर्वाधार विकास कार्यक्रमको ७ करोड ५० लाख रुपैयाँ लागतमा पक्की पुल निर्माण गर्न बोलपत्र आह्वान भइसकेको छ । घट्मुनामा पक्की पुल निर्माण भएपछि गौमूलका नागरिकलाई सहज हुनेछ । पक्की पुल नहुँदा यातायातका साधन बडीमालिका नगरपालिकाको सीमामै थन्किने अवस्था हट्नेछ ।