close

हिमाली गाउँपालिकाले बाँड्यो धुवाँरहित चुह्लो

हिमाली गाउँपालिकाले बाँड्यो धुवाँरहित चुह्लो

Trulli
ADVERTISEMENT

बाजुरा–बाजुराको हिमाली गाउँपालिकाले वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्रसँगको सहकार्यमा धुवाँरहित सुधारिएको चुह्लो वितरण गरेको छ । पालिकाको वडा नम्बर ३ र ४ का दलित एवं जनजाति तथा विपन्न समुदायका १२७ परिवारलाई धुवाँरहित सुधारिएको फलामे चुह्लो वितरण गरेको हो ।


गाउँपालिका र वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्रको सहकार्यमा धुवाँरहित सुधारिएको चुह्लो वितरण गरिएको पालिका अध्यक्ष गोविन्द बहादुरमल्लले बताए ।  दुर्गम तथा पिछडिएको क्षेत्रका स्थानीयको सहजताका लागि केन्द्रको सहकार्यमा सुधारिएको चुह्लो वितरण गरिएको उनको भनाइ छ ।

 

परम्परागत चुह्लो विस्थापित गर्न, विपन्न महिलाको स्वास्थ्यप्रति सचेत भई दाउरालगायत अन्य इन्धनको खपत कम गर्ने उद्देश्यले सुधारिएको फलामे चुह्लो वितरण गरिएको पालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत राजबहादुर भण्डारीले बताए । दाउरा प्रयोग गरी छिटोछरितो र धुवाँरहित घरको वातावरणमा खाना पकाउन सकिने, चिसो स्थानमा समेत घर तताउन उत्तम हुने र दम, मुटु, छातीलागयत दीर्घरोगी विभिन्न स्वास्थ्य समस्याबाट जोगाउन उक्त चुह्लोले सहयोग पुग्ने उनको भनाइ छ । 

 

पालिकाको पहलमा विभिन्न दलित बस्तीमा यसअघि नै धुवाँरहित सुधारिएको चुह्लो वितरण गरिसकिएको र बाँकी बस्तीमा आगामी दिनमा वितरण गर्ने योजना रहेको उनले जानकारी दिए ।