close

बेमौसमी वर्षाले धानबाली नष्ट भएका बाजुरेलीलाई बाँडिँदै ५० लाख

बेमौसमी वर्षाले धानबाली नष्ट भएका बाजुरेलीलाई बाँडिँदै ५० लाख

Trulli
ADVERTISEMENT

बाजुरा–देशका विभिन्न स्थानमा गत ३१ असोजदेखि ३ कात्तिकसम्म परेको बेमौसमी वर्षाका कारण धानबालीमा क्षति पुग्दा बाजुराका किसान प्रभावित भएका छन् । बेमौसमी वर्षाले धानबालीमा पु¥याएको क्षतिको किसानलाई राहतस्वरूप रकम उपलब्ध गराउन बाजुरेलीका लागि ५० लाख रुपैयाँ बजेट आएको कृषि ज्ञान केन्द्र बाजुराका सूचना अधिकारी मीनप्रसाद जोशीले बताए ।

 

बाजुरामा बेमौसमी वर्षाका कारण अन्नबाली नास हुँदा यहाँका किसानले ७७ लाख रुपैयाँ बढीको क्षति बेहोरेको तथ्यांक छ । क्षति विवरण दैवीप्रकोप उद्धार समितिमा पठाएकामा गृह मन्त्रालयबाट बाजुराका लागि ५० लाख रुपैयाँ विनियोजन भएर आएको सूचना अधिकारी जोशीले जानकारी दिए ।

 

जिल्लाबाट पठाएभन्दा कम रकम आएकाले किसान भने असन्तुष्ट छन् । सरकारले धानबालीमा क्षति पुगेका किसानलाई राहत रकम उपलब्ध गराउन १ अर्ब रुपैयाँ निकासा गरेको छ । हाललाई जिल्ला विपद् व्यवस्थापन समितिबाट यकिन भई आएका जिल्लालाई मापदण्डबमोजिमको आधार र प्रक्रिया पूरा गरी रकम उपलब्ध गराउने निर्णय भएको गृह मन्त्रालयले जनाएको छ ।