close

बलात्कारको प्रयास गर्ने चालकको कुटपिटबाट मृत्यु

बलात्कारको प्रयास गर्ने चालकको कुटपिटबाट मृत्यु

Trulli
ADVERTISEMENT

ईलाम । काठमाडौँबाट इलाम गएकी किशोरीलाई बसकै चालक र सहचालक मिलेर बलात्कार प्रयास गरेपछि किशोरीका पिताको कुटपिटबाट चालकको मृत्यु भएको छ ।

 

बा.५ख ५९८२ नम्बरको बसमा काठमाडौँबाट घरतर्फ गएकी १७ वर्षीया किशोरीलाई इलाम पुगेपछि बसका चालक र सहचालकले बलात्कारको प्रयास गरेको जिल्ला प्रहरी कार्यालयका डिएसपी गंगाबहादुर थापाले खबर पालिकालाई जानकारी दिएका छन्। 

 

गत २० गते राति काठमाडौँबाट इलाम गएको बस राति नै गन्तव्यमा पुगेको थियो । बसबाट अरू यात्रु झरे पनि पिताको पर्खाइमा ती किशोरी बस मै बसेकी थिइन् । एक्ली युवती देखेपछि बसकै चालक र सहचालकले बलात्कार प्रयास गरेको प्रहरीको भनाइ छ।

 

बुबा लिन आउँदै गरेका बेला सबैभन्दा पहिले सहचालकले बलात्कारको प्रयास गरेका थिए। बुबा आएको थाहा पाएपछि सहचालक फरार भए। चालकलाई फेला पारेपछि किशोरीका बुबाले निर्घात कुटपिट गरेका थिए।

 

घटनाको विषयलाई लिएर पीडित किशोरीका बुवाको कुटपिटबाट चालकको मृत्यु भएको हो।

 

कुटपिट गर्दा गम्भीर घाइते भएका गाडीका चालक नुवाकोट तारकेश्वर गाउँपालिका २ बगुवाका ३४ वर्षीय दीपक ढुंगानाको बीएन्डसी अस्पताल बिर्तामोडमा उपचारको क्रममा शनिबार बिहान मृत्यु भएको प्रहरीले जनाएको छ।

 

बसका सहचालक र किशोरीका बुबालाई प्रहरीले पक्राउ गरेको छ। गाडीका सहचालक नुवाकोट बेलकोटगढी नगरपालिका १३ का १८ वर्षीय किशोरलाई शनिबार नै प्रहरीले पक्राउ गरेको हो।

 

सहचालकलाई जबरजस्ती करणी उद्योग र किशोरीका बुबालाई कर्तव्य ज्यान मुद्दामा अनुसन्धान अघि बढाइएको छ।