close

आज प्रदेश १, बागमती र गण्डकी प्रदेशमा वर्षाको सम्भावना

आज प्रदेश १, बागमती र गण्डकी प्रदेशमा वर्षाको सम्भावना

Trulli
ADVERTISEMENT

काठमाडौं ।  स्थानीय वायु र भारतको बिहार-पश्चिम बंगालमा बनेको न्यून चापीय प्रणालीको संयुक्त प्रभावले देशभरको मौसममा सामान्य बदली देखिएको छ ।

 

बिहान पहाडी भूभागमा आंशिक बदली रहेको छ । दिउँसो देशभर बदली रहने आकलन मौसम पूर्वानुमान महाशाखाले गरेको छ । महाशाखाका अनुसार प्रदेश १, बागमती र गण्डकीका केही स्थान र बाँकी भूभागका एक-दुई स्थानमा मेघ गर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ ।

 

राति कर्णाली र सुदूरपश्चिमका पहाडी भूभागका एक-दुई स्थानमा मेघ गर्जन र चट्याङसहित हल्का वर्षाको आँकलन गरिएको छ ।