close

आईपीएलमा चेन्नईको सानदार जित

आईपीएलमा चेन्नईको सानदार जित

Trulli
ADVERTISEMENT

ओपनर डेभन कन्वे र स्पिनर मोईन अलीको उच्च प्रदर्शनमा चेन्नई सुपर किंग्सले इन्डियन प्रिमियर लिग (आइपिएल) मा दिल्ली क्यापिटल्समाथि ९१ रनको सानदार जित हात पारेको छ । यो हारसँगै दिल्लीको प्लेअफ सम्भावना कठिन बनेको छ ।

 

जितको लागि २०९ रनको विशाल विजयी लक्ष्य पछ्याएको दिल्ली १७.४ ओभरमा ११७ रनमा अल आउट भयो । दिल्लीका मिचेल मार्शले २० बलमा ३ चौका र १ छक्कासहित सर्वाधिक २५ रन बनाए ।

 

ओपनर डेविन वार्नर १९, ऋषभ पन्त २१, रोभम्यान पावेल ३, रिपल पटेल ६, अक्षर पटेल १ र शार्दुल ठाकुर २४ रनमा आउट भए ।

 

चेन्नईका मोईन अलीले ४ ओभरमा १३ रन खर्चेर ४ विकेट लिए । सिमरजित सिंहले ४ ओभरमा २७ रन खर्चेर २ विकेट लिए । मुकेश चौधरी र ड्वेन ब्राभोले २–२ विकेट लिए ।

 

त्यसअघि डिवाई पाटिल स्पोर्ट्स एकेडेमी मुम्बईमा टस हारेर ब्याटिङको निम्तो पाएको चेन्नईले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै २०८ रन बनाएको थियो । चेन्नईका ओेपनर डेभन कन्वेले ४९ बलमा ७ चौका र ५ छक्कासहित सर्वाधिक ८७ रन बनाए ।

 

जितसहित चेन्नई ११ खेलमा ४ मा जित र ७ मा हार सहित आठौं स्थानमा छ । दिल्ली ११ खेलमा ५ मा जित र ६ मा हार सहित पाँचौं स्थानमा छ । दुवै टोलीलाई प्लेअफमा पुग्न कठिन छ ।