close

धनगढीका वडामा 'एकीकृत मोबाइल एप’

धनगढीका वडामा 'एकीकृत मोबाइल एप’

Trulli
ADVERTISEMENT

कैलाली - धनगढी उपमहानगरपालिकाको वडाहमा एकीकृत मोबाइल एप’ सुरु भएको छ । उपमहानगपालिकाको वडा नम्बर ३, ११, १६ र १८ मा जिआइजेटको सहयोगमा एकीकृत मोबाइल एप सञ्चालनमा ल्याएको हो । 

वडाहरुबाट सञ्चालन हुने सेवाबारे जानकारी तथा स्थानीय बासिन्दाले घरबाटै आफ्नो समस्या तथा गुनासो सिधै जनप्रतिनिधीसँग राख्ने, आफ्ना व्यक्तिगत कागजातहरु अपलोड गरी भण्डारण गर्नका लागि सो एप सञ्चालनमा ल्याइएको जनाइएको छ । 

उपमहानगरपालिकालाई प्रविधि मैत्री बनाउनका लागि एप सञ्चालनमा ल्याएको उपमहानगरकी उपप्रमुख कन्दकलाकुमारी रानाले जानकारी दिइन् ।