close

संसद भवनमै प्रवेश गरे लघुवित्त ऋणीहरु

संसद भवनमै प्रवेश गरे लघुवित्त ऋणीहरु

Trulli
ADVERTISEMENT

काठमाडौं-  लघुवित्त ऋणीहरु संसद भवनमा परिसरमै प्रवेश गरेका छन् । नयाँ बानेश्वरस्थित संघीय संसद भवनमा संसद बैठक चलिरहेका बेला उनीहरु संसद भवन परिसरमा पुगेर नाराबाजी गरेका हुन् । 

सरकारले संघीय संसद वरपरका क्षेत्रलाई निषेधित क्षेत्र तोकेर प्रदर्शन गर्न निषेध गरेको छ । अझ संघीय संसदभित्र प्रवेश पास बिना जान दिइँदैन ।

लघुवित्तको ऋण तिर्न नसकेर समस्यामा परेका र पैदल हिँडेर काठमाडौंमा आन्दोलन गर्न आएका ऋणीहरु सोमबार संसद भवनभित्रै प्रवेश गरेका हुन् ।