close

चौरपाटी गाउँपालिका बजेट ४५ करोड ३७ लाख

चौरपाटी गाउँपालिका बजेट ४५ करोड ३७ लाख

Trulli
ADVERTISEMENT

अछाम । चौरपाटी गाउँपालिकाले आर्थिक वर्ष ०७९/०८० को नीति तथा कार्यक्रसँगै बजेट पारित गरेको छ । सभाले आव २०७९/०८०को लागि ४५ करोड ३७ लाख २५ हजार बराबरको बजेट प्रस्तुत गरेको हो ।

गाउँपालिकाले कृषि, शिक्षा, स्वाथ्य, खानेपानी तथा सरसफाई, पर्यटन विकास, पुर्वाधार, वन तथा वातावरण, सुशासन तथा सस्थागत क्षमता-अभिबृद्धि लगायतका विषयलाई प्राथमिकतामा पारेको छ । 

न्यून पारिश्रमिकमा रहेका विद्यालयका कर्मचारी, बाल विकासका सहजकर्ताहरूलाई प्रोत्साहन बजेटको व्यवस्था गरेको छ । गाउँपालिकाले त्यसैगरी एक घर एक धारा कार्यक्रमलाई निरन्तरता दिएको छ ।